६ बैशाख २०८१, बिहिबार

बजारकाे कृतिम अभाव नियन्त्रण गर !


Editorial

नेपालपत्र, २३ जेठ २०७५ । बजारमा महँगी एकाएक बढ्दै गएकाे छ । बजेट भाषणमा अागामी वर्षकाे लागि करकाे दायरा सार्वजनिक भएलगत्तै बजारमा कृतिम अभाव र मुल्यवृद्धि भएकाे छ । खाद्यान्न र पेय पदार्थमा अागामी श्रावणपछि बढ्नुपर्ने मूल्य अहिले नै बढेकाे छ । यसरी बजारमा कृतिम अभाव र मुल्यमा अत्याधिक वृद्धि हुँदा समेत सरकारले अनुगमन गरेर बजारलाई उपभाेक्ता मैत्री बनाउन सकेकाे छैन ।

सहरीक्षेत्रमा मात्र नभएर महँगी गाउँसम्मै पुगेकाे अवस्था छ । प्रत्येक क्षेत्रकाे उपभाेग्य वस्तुकाे मुल्यले यसरी बढेकाे छ कि अब सरकारले समयमै नियन्त्रण गर्न नसक्ने हाे भने उपभाेक्ताले धेरै नै मार खानुपर्ने अवस्था देखिन्छ । यस विषयमा सरकारले गम्भीर भएर बेलामा नै अावश्यक कदम चाल्नुपर्नेछ । अनुगमनलाई नामकाे मात्र अनुगमन नबनाएर उपभाेक्ता मैत्री बनाउनु जरूरी छ ।
सरकारले बजारलाई प्रभावकारी बनाएर उपभाेग्य वस्तुकाे मूल्य नियन्त्रण गर्न अावश्यक छ । कृतिम अभाव देखाएर कालाेबजारी गर्नेहरूलाई कारवाहीकाे दायरामा ल्याएर सरकारले कानुनी शासनको प्रत्याभूति गराउनु जरूरी छ । सरकारी संयन्त्रको परिचालन गरेर उपभाेक्ता ठगिने अवस्थावाट बच्ने वातावरण बनाउन सरकारले अाफ्ना सबै संयन्त्रकाे उचित व्यवस्थापन गर्नु अावश्यक छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !