१३ बैशाख २०८१, बिहिबार

सार्वजनिक यातायातमा कहिलेसम्म कोचाकोचमा यात्रा गर्नु सरकार ?


Editorial

नेपालपत्र, १८ जेठ २०७५ । सरकारले विगत २५ वर्षदेखि यातायात क्षेत्रमा रहँदै आएको सिन्डिकेट अन्त्य गरेर व्यवसायीको एकाधिकार समाप्त गरेको छ  । तर पनि सार्वजनिक यातायातमा सर्वसाधारणले सहज रूपमा यात्रा गर्ने अवस्था सिर्जना भएको पाइदैन । एक त साना सवारीसाधन धेरै हुनु र साँझ ८ बज्नु अगाडि नै सडकमा गाडी कम चल्नुले सार्वजनिक यातायातमा भीडहुने अवस्था सिर्जना भएको छ । अर्कोतर्फ सरकारको कुनै निश्चित समयसम्म सार्वजनिक यातायातले सेवा दिनुपर्ने बाध्यकारी नीतिको अभावले यातायात व्यवसायी र सरोकारवालाले मनपरी गरेको पाइन्छ । यस बिषयमा सरकारको ध्यान नपुगेको प्रष्ट देख्न सकिन्छ ।

बिशेषगरी बिहान र बेलुकाको समयमा सार्वजनिक यातायातमा कष्टकर यात्रा गर्न बाध्य हुनु परेको छ । तत्काल यसवाट मुक्ति पाउने तेस्तो कुनै भरपर्दो विकल्प देखिएको छैन । धेरैजसो साना सवारीसाधन सडकमा गुड्नु र थोरै मात्र यात्रु क्षमता हुनु नै सार्वजनिक यातायातम कोचाकोच भएर हिड्न बाध्य हुनुको कारण हो । समयमा गन्तव्य पुग्नुपर्ने बाध्यता र राति सार्वजनिक सवारी नपाउने कारण पनि सर्वसाधारणले कष्टपूर्ण यात्रा गर्न बाध्य हुनु परेको हो ।

धेरैजसो रुटमा राति ८ बजेपछि सवारी चले भने पनि नियम अनुसार कार्ड सहुलियत दिने गरेको पाइदैन । यस बिषयमा सबै पक्ष मौन बसेको अवस्था छ । किन यसरी यातायात क्षेत्रमा अनियमितता हुँदा पनि सरकारले केहि गर्न सकेको छैन । नामको मात्रै सिन्डिकेट हटेर केहि हुने छैन । सार्वजनिक यातायातमा ठूला सवारी साधनको विकल्प छैन । साना सवारीसाधन विस्थापित गरेर ठूला सवारी संचालन गर्न सकेमा सडक जाम काम गर्न सहयोग पुग्ने निश्चित छ । त्यतिमात्र होइन निजी सवारी साधनलाई निरुत्साहित गर्ने नीति सरकारले अवलम्बन गरेमा हाल राजधानीमा देखिएको सडक जाम धेरै हदसम्म कम गर्न सकिन्छ ।यस तर्फ सरकारले बेलामा नै सचेत भएर कदम चाल्नुपर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !