८ बैशाख २०८१, शनिबार

काठमाडौँको सडक व्यवस्थित हुन कति कुर्ने सरकार !


Editorial

नेपालपत्र, १७ जेठ २०७५ । काठमाडौँमा विभिन्न क्षेत्रको विकाशको नाममा सडकको अवस्था निकै नाजुक बनेको छ । कहिले खानेपानीको पाइप बिछ्याउने नाममा होस् या ढल बेवस्थित गर्ने नाममा । एकपछि अर्को बाहनामा सडक वर्षभरिनै मर्मतमै बितेको देख्न सकिन्छ । हिउँदमा धुलोले सताएको यस सहरलाई अब बर्खाभरि हिलोले सताउने निश्चित छ । सडक खन्ने तर समयमा मर्मत नगर्ने र त्यतिकै छोड्ने प्रवृतिले अहिले सहरबासी आक्रान्त बन्नु परेको छ । सडक मर्मत बेमौसमी बाजा जस्तै बन्ने गरेको छ । कुनै विदेशी राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउने भए रातारात सडक मर्मत र सफा बनाउन सक्ने सरकार र उसका संयन्त्रहरु जनताको लागि भने कहिलै अग्रसर भएको पाईदैन । यस दृष्टान्तवाट के प्रष्ट हुन्छ भने सरकारले चाहनु भने सहरबासीले अहिले भोग्नु परेको अवस्था आउने छैन ।

सडक अव्यवस्थित हुनुको मुख्य कारण नै एउटा निकाय र अर्को निकायबीच समन्वयको अभाव हो । कहिले खानेपानीको पाइप बिछाउने नाममा त कहिले ढल मर्मतको नाममा सडक बिगार्ने काम भइरहेको पाईन्छ । तर सडक मर्मत गर्न सधै ढीलाई गर्ने परम्परा कायम नै छ । एक निकायले अर्को निकायलाई दोष दिएर पन्छिने बाहेक कुनै निकायले जनतालाई राहत हुने हिसाबले विकास निर्माण गरेको पाइदैन । यो भनेको राज्यले आफ्ना नागरिकलाई महत्व नदिएको प्रष्ट संकेत हो । नेतालाई जनता भोटको लागि मात्रै चाहिने साधन बनाउने परम्परा अहिलेसम्म नगएको कारण नै यो सब भएको हो र सरकार जनताप्रति उत्तरदायी बन्न नसकेको प्रमाण नै अहिलेको अव्यवस्थित सहर र यहाको सडकको अवस्था हो ।

सरकारले चाहेको खण्डमा केहि समय बिना नै विकास सम्भव छ भन्ने संदेश मोधि भ्रमणमा समेत देखिसकेको छ । त्यसैले अब सरकारले सचेत भएर जनताकाे हित हुनेगरी समन्वय गरेर विकास र निर्माण अगाडि बढाएमा जनताले सहजता महसुस गर्ने अवस्था अाउने पक्का छ । यस विषयमा जनताले पनि साथ दिएर वातावरण बनाउन मुख्य भूमिका खेल्नु अावश्यक छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !