१२ बैशाख २०८१, बुधबार

प्रदेश २ काे सरकारलाई दिएकाे समर्थन नेकपाद्वारा फिर्ता, अबकाे बाटाे के?


Editorial

नेपालपत्र, १३ जेठ २०७५ । नेकपाले केन्द्रीय सरकारका प्रदेश दुईकाे नेतृत्व गर्ने दलकाे समर्थन पाएकाे छ भने प्रदेश दुईलाई तत्कालिन माअाेवादी र एमालेले समर्थन गरेका थिए । त्यतिमात्र हाेइन केन्द्रीय सरकारमा संघिय समाजवादी फाेरमलाई सरकारमा ल्याउने तयारीकैवीच भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे नेपाल भ्रमणका क्रममा प्रदेश २ का मुख्यमन्त्रीले दिएकाे अभिव्यक्तिका कारण नेकपाले प्रदेश २ सँग सम्बन्ध चिसिने संकेत गरेकाे थियाे र अाजबाट समर्थन फिर्ता लिएकाे छ । नेकपाले प्रदेश दुई सरकारलाई दिएकाे समर्थन फिर्ता लिएपनि उक्त प्रदेशसँग बहुमत कायम नै छ । तर बजेट घाेषणा हुनुभन्दा केही दिन अगाडि समर्थन फिर्ता लिनुले केही अाशंका दर्शाएकाे छ ।

सरकारसँग ६ वटा प्रदेशमा बहुमत हुनु र प्रत्येक निर्णयमासमेत बहुमत पुग्ने अवस्था भएकाले एकल सरकार चलाउने उद्देश्य लिएकाे जस्ताे देखिएकाे छ । अब सरकारले बजेटमा के कस्ता याेजना र नीति समेट्ने हाे त्याे भने दुई दिन पछि थाहा हुने छ । तर बजेट घाेषणाकाे दुई दिन अगाडि प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता लिनुले सरकार पेलेर जाने नीतिमा रहेकाे बुझ्न गाह्राे छैन । अब प्रदेश सरकारले केन्द्रीय सरकारसँग कस्ताे सम्बन्ध बनाउने हाे र अागामी दिन कसरी अगाडि बढ्ने हाे त्यसका लागि केही दिन प्रतीक्षा गर्नै पर्ने हुन्छ ।

सबैलाई विश्वासमा लिएर हातेमालाे गर्दै विकासकाे गति बढाउनुपर्नेमा केन्द्रीय सरकारकाे नेतृत्वले प्रदेश दुईलाई समर्थन फिर्ता लिनु साच्चै नै सुखद अवस्था हाेइन । त्यसमाथि बजेट बाँडफाँडकाे अन्तिम रस्साकस्सीकाे समय हाे अहिले ।

त्यसैले अबकाे सम्बन्ध र समाजवादी फाेरमले केन्द्रीय सरकारलाई दिएकाे समर्थन के हुने अहिले टुङ्गाे छैन । त्यतिमात्र हाेईन मुख्यमन्त्रीले राज्यकाे नीति पालना नगरेकाे भए उनलाई कारवाही गर्न सक्नुपर्‍यो । यसरी बहुमत छ भन्दैमा अरूलाई कमजाेर ठानेर उपेक्षा गर्नु पनि राम्राे हुँदैन । बरू स्थिर सरकार बनाउन सबैले अग्रसरता देखाउन सकेमा अार्थिक समृद्धि हासिल गर्न धेरै सहज हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !