८ बैशाख २०८१, शनिबार

अबकाे नेपाली राजनीति कसरी अगाडि बढ्ला?


Editorial

नेपालपत्र, ४ जेठ २०७५ । नेपालकाे राजनैतिक इतिहासमा २०७५ साल जेठ ३ गते एउटा नयाँ घटनाक्रम थप भएकाे छ । विगतमा तिक्तता पूर्ण सम्बन्ध रहँदै अाएका दुई ठुला कम्युनिष्ट पार्टीले २०७४ असाेज १७ वाट एकता गर्ने प्रकृया सुरू गरेर हिजाे मदन भण्डारी स्मृति दिवसमा एकता गर्न सफल भए । हिजाेवाट दुई ठुला कम्युनिष्ट मात्र एक भएनन् नेपालकाे इतिहासमै सबैभन्दा बलियाे कम्युनिष्ट सरकार बनेकाे छ र देशैभर प्रदेश नम्बर दुई बाहेक बहुमत प्राप्त भएकाे छ । जनताकाे विगत देखिकाे चाहना कम्युनिष्ट फुटेर हाेइन जुटेर देशकाे विकास गर्नुपर्छ भन्नेहरूकाे चाहना पूरा हुने संकेत देखिएकाे छ ।

विगतलाई हेर्दा भने अहिले नै अब कम्युनिष्टले विगतकाे गल्ती नदाेहाेर्याउलान भन्न सकिन्न। एक पटक जुट्ने पटक पटक फुट्ने कम्युनिष्टकाे ईतिहास नै छ र विज्ञकै बुझाइमा पनि प्रचण्डकाे उचित व्यवस्थापन हुन नसकेमा पार्टी एकता लामाे समयसम्म नटिक्न पनि सक्दछ । तर प्रचण्डकाे सही व्यवस्थापन भयाे र कार्यकारणी अधिकारमा रहने वातावरण भयाे भने पक्का पनि पार्टी एकता दिर्घकालिन हुने निश्चित छ ।

अब नेपालमा बाम शक्ति र लाेकतान्त्रिक शक्ति गरि दुई शक्ति अस्तित्वमा अाउने निश्चित छ । साथै लाेकतान्त्रिक शक्ति पनि ढिलाे या चाँडाे एकता प्रकृयामा अाउने वातावरण बन्ने अवस्था छ । त्यतिमात्र हाेइन अब नेपाल प्रत्यक्ष या अप्रत्यक्ष रूपमा दुई दिलय व्यवस्थामा जाने संकेत पनि देखिएकाे छ । अब एकिकरणपछि बनेकाे पार्टीले जनताकाे अार्थिक उन्नतिमा केही काम गरेर मन जित्न सकेमा नयाँ ईतिहास बन्ने पक्का छ ।

साना र च्याउसरी हुर्केका पार्टीलाई अब ध्रुविकरण भएर अस्तित्व जाेगाउन दवाव बढेकाे छ भने अब कसरी राजनैतिक गतिविधि बढाउने चुनाैतिसमेत साना पार्टीलाई प्राप्त भएकाे छ । अब राजनैतिक स्थिरता हुने र अार्थिक प्रगति हुने पक्का छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !