१२ बैशाख २०८१, बुधबार

एमाले-माअाेवादी एकता र परिवर्तन संस्थागत गर्ने अवसर


Editorial

नेपालपत्र, २ जेठ २०७५ । लामाे प्रतिक्षापछि दुई ठूला पार्टी एकताले अन्तिम रूप लिन गइरहेकाे छ । नेकपा एमाले र नेकपा माअाेवादी केन्द्रले अघिल्लाे वर्षकाे दशैंताका गरेकाे घाेषणालाई भाेलि मूर्त रूप दिने तयारीमा लागेका छन् । सम्भवत कुनै अप्रत्यासित घटना अबकाे २४ घण्टासम्म भएन भने एमाले-माअाेवादी एकता पक्का हुनेछ । नेपाली जनताकाे विगतदेखि नेपालका बामपन्थी दलहरू एक हुन् भन्ने चाहनालाई व्यवहारत पूरा गर्ने वाटाेमा अगाडि बढेका छन् र भाेलि सम्भवत नेपाली राजनीतिमा नयाँ अध्याय सुरू हुनेछ ।

गत फागुन ७ गते ७ बुँदामा सहमति गरेर एकता प्रकृया अगाडि बढाएर चाँडै एकता गर्ने भनेपनि करिब तीन महिनापछि एकता हुँदैछ । अब बाम एकता सफल भएमा नेपालमा भएकाे परिवर्तनलाई संस्थागत गर्ने राम्राे अवसर मिल्नेछ । करिब दुई तिहाई बहुमतकाे नजिक रहेका बामपार्टीले अब देश विकासकाे खाका काेर्नुका साथै विकास र जनहितका कार्यहरू अगाडि बढाउने निश्चित जस्तै छ । अबकाे राजनीति विकासमा अाधारित भएन भने अब राजनैतिक दलहरूलाई जनविश्वास हात पार्न निक्कै कठिन हुने निश्चित छ ।

बाम एकतापछि नेपालमा राजनैतिक दलहरूकाे ध्रुविकरण हुने पक्का छ । यसले साना साना दलकाे अस्तित्वमाथि धक्का लाग्नेछ र राजनैतिक खिचातानी पनि कम हुने लगभग पक्का छ । यसाे भएकाे खण्डमा विकास र अार्थिक सम्बृद्धिले गति लिने अवसर प्राप्त हुनेछ। लामाे संघर्षपछि प्राप्त भएकाे उपलब्धि रक्षा गर्न र संविधानकाे पूर्ण कार्यन्वयन गर्न पनि बाम एकता फलदायी हुने निश्चित छ ।

अब सहमति र सहकार्यमा विगतका तिक्तताहरू हटाएर बलियाे बाम पार्टी भएमा जनताकाे चाहनासमेत पूरा हुनेछ । त्यसैले याे एकतालाई भावनात्मक एकता नै बनाउन एमाले माअाेवादीले उचित कार्यक्रता व्यवस्थापन र नेताकाे जिम्मेवारी समायाेजन गर्न सकेमा एकता सफल हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !