८ बैशाख २०८१, शनिबार

नेपाली कांग्रेसकाे राष्ट्रियता, समाजवाद र मेलमिलापकाे नीति अनि अागामी कार्यदिशा


Editorial

नेपालपत्र, १ जेठ २०७५ । नेपालकाे राजनैतिक इतिहासमा सबैभन्दा पुरानाे पार्टीकाे रूपमा स्थापित हुन सफल र देशकाे महत्वपूर्ण परिवर्तनमा मुख्य भूमिका खेलेकाे पार्टी हाे नेपाली कांग्रेस । त्यतिमात्र हाेइन लाेकतन्त्रकाे हिमायति मान्ने पार्टी पनि कांग्रेस हाे । विश्वमै कम्युनिष्टहरू तानाशाही हुन्छन् भनेर परिचित छन् । त्यसैले लाेकतान्त्रिक दल या पार्टी भनेकाे नै कांग्रेस हाे भन्ने नेपाली समाजमा बुझाइ रहेकाे पाइन्छ ।

तर लाेकतन्त्रकाे वकालत गर्दै अाएकाे कांग्रेसले अान्तरिक पार्टीमा भने कतिकाे लाेकतान्त्रिक अभ्यास गरेकाे छ त्याे भने समिक्षाकाे पाटाे बनेकाे छ । अरूलाई लाेकतन्त्रकाे परिभाषा सिकाउने कांग्रेसकाे अहिलेकाे अवस्था कमजाेर हुनु पनि लाेकतान्त्रिक अभ्यासमा अाएकाे कमिले हाे भन्न सकिन्छ । सामूहिक निर्णयकाे सट्टा सभापतिले एकलौटी ढंगले पार्टी चलाएकाले पार्टीले प्रतिनिधिसभाकाे चुनावमा हार भाेगेकाे स्पष्ट छ ।

पटक पटक देशकाे नेतृत्व समालेकाे पार्टी, ठूला ठूला राजनैतिक परिवर्तनकाे संवाहक भएर पनि पार्टीभित्र भने अान्तरिक लाेकतन्त्र स्थापित र व्यवस्थित गर्न नसकेकाे अाभाष हुन्छ । पछिल्लाे चुनावमा पार्टीले नसाेचेकाे परिणाम ल्याउँदासमेत नैतिकताकाे अाधारमा सभापतिवाट राजिनामा अाएन, नत हारकाे समीक्षा बैठक नै बस्न सक्याे । लामाे समयपछि केन्द्रीय कार्यसमिति बैठक बस्याे तर यस बैठकवाट पनि कांग्रेसकाे ठाेस रणनीति र कार्ययोजना अाउन सकेन ।

अबकाे बाटाे के हुने र कसरी अहिले खस्किएको साख जाेगाउने चिन्ता कांग्रेसका युवा पुस्ताले लिएकाे देख्न सकिन्छ । तर त्यसले प्रभावकारी भूमिका भने निर्वाह गर्न चाहिँ सकेकाे छैन।कांग्रेसले व्यावहारिक रूपमा राष्ट्रियता, समाजवाद र मेलमिलापकाे नीतिलाई कार्यन्वयन गर्न नसकेका कारण नै अाजकाे अवस्था अाएकाे हाे । कांग्रेसकाे जनसम्पर्क पनि दिन दिनै कमजाेर बन्दै गइरहेकाे अवस्था छ । त्यसैले यश विषयमा अब स्पष्ट धारणा बनाएर लागू गर्न अावश्यक छ ।

पछिल्लाे समयमा भएकाे भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे नेपाल भ्रमणका क्रममा भएका राष्ट्र र राष्ट्रियताकाे खिल्ली उडाउने काम राज्यका जिम्मेवार पक्षवाट भइरहँदा नेपाली कांग्रेस प्रतिपक्षी भएर कुरा उठाइरहेकाे छ तर त्यस विषयलाई हुनुपर्ने जति प्रचार प्रसार गर्न सकेकाे छैन। याे हुनुकाे पछाडी पनि अान्तरिक किचलाे हाे भन्न सकिन्छ ।

नत्र विगतमा राष्ट्रियताकाे सवालमा चुकेकाे छवि सुधार गर्ने अवसर कांग्रेसलाई अाएकाे छ । कांग्रेसले प्रदेश नं. २ का मुख्यमन्त्रीकाे अभिव्यक्तिलाई लिएर सरकारलाई दबाव दिन सक्याे र मुख्यमन्त्रीलाई कारवाही भयाे भने विगतकाे गल्ती सच्याउने महत्वपूर्ण अवसर हुनेछ । अब राष्ट्रियताकाे विषयमा गम्भीर भएर कांग्रेसले देश हितमा कदम चलाउनु अावश्यक छ । त्यतिमात्र हाेइन मेलमिलापकाे नीति अान्तरिक पार्टी र देश हितमा प्रयाेग गर्न अब ढिला गर्न हुन्न ।

कांग्रेसले अाफ्नाे पुरानाे छवि फिर्ता ल्याउन पनि अब विगतका कमजाेरीवाट पाठ सिकेर नयाँ रणनीति र कार्यक्रम लिएर जनताकाे घर अाँगनमा पुग्न अब अग्रसर हुनु पर्दछ र यसले कांग्रेसकाे पुरानाे छवि फिर्ता अाउने र देशकाे मुल नेतृत्व हुने कुरामा कुनै शंका छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !