६ बैशाख २०८१, बिहिबार

माेदीकाे नपाल भ्रमण र नेपाल सरकारले दिएकाे सन्देश


Editorial

नेपालपत्र, २९ वैशाख २०७५ । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे दुई दिने नेपाल भ्रमणले धेरै सन्देश दिएकाे छ । भ्रमण के कति सफल या असफल त्याे समयले बताउला तर एउटा स्पष्ट सन्देश चाहिँ याे दिएकाे छ कि सरकारले चाह्याे भने जे पनि सम्भव रहेछ । इच्छाशक्ति हुनु नै मुख्य कुरा हाे भन्ने देखिएकाे छ ।

प्रसंग हाे माेदीकाे भ्रमणका क्रममा माेदी हिड्ने प्रत्येक बाटाे मर्मत र सफाचट पारिएकाे थियाे । त्याे पनि धेरै दिनकाे प्रयासमा नभएर रातारात सबै भएकाे हाे । सडक यति सफा थियाे कि जुन अघिल्लाे पटककाे सार्क शिखर सम्मेलनकाे समयमा र माेदीकै अघिल्लाे भ्रमणमा सम्भव भएकाे थियाे । तर एकपटक सफा बनाउन सक्ने सरकारले त्याे अवस्थालाई किन निरन्तरता दिन सकेन? किन अरूलाई देखाउन मात्रै सरकारले याे सब गर्छ? के नेपाली जनता चाहिँ सरकारकाे लागि काेही हाेइनन्? किन सरकारले जनतालाई जहिले पनि भाेटर बैंक मात्र ठान्छ? र सर्वसाधारण पनि किन यस विषयमा अावाज उठाउन चाहदैनन्?

माेदीकाे नेपाल भ्रमणका सकारात्मक र नकारात्मक दुवै पाटाे छन् तर एकछिन नकारात्मक कुरालाई हटाएर हेर्ने हाे भने नेपालमा नेता र नेतृत्वले इच्छाशक्ति देखाउने हाे भने विकास साेचेभन्दा छिटाे सम्भव हुनेमा निश्चित छ । यहाँ विकास नहुनुकाे एउटै कारण हाे नेता र सरकारमा इच्छाशक्ति नहुनु र जनताले पनि सरकारलाई खबरदारी गर्न नसक्नु हाे । सानाे सानाे कुरा र विषयलाई लिएर अावाज उठाउने विभिन्न समूहहरूपनि विकास गर्नुपर्छ र इच्छाशक्तिले त्याे सम्भव हुन्छ भनेर अावाज बुलन्द गरेकाे पाइदैन । त्यसैले सरकारले कानमा तेल हालेर बसेकाे प्रष्ट छ ।

अब पनि जनता जागरुक नहुने हाे भने सरकारले खासै केही विकास गर्ने देखिदैन । तर फेरि खबरदारी गर्न सकेमा विकास सम्भव छ भन्ने याे दुई दिनकाे माेदी भ्रमण र त्यस क्रममा सरकारले गरेकाे प्रगतिले प्रष्ट सन्देश दिएकाे छ ।

अब जनताले अाफ्नाे हक र अधिकारकाे लागि सरकारलाई झक्झकाउन अावश्यक छ । जनता भाेट बैंक मात्र नभएर परिवर्तनका संवाहक पनि हुन भन्ने बुझाउन सक्नुपर्छ र जनताकाे चाहना अनुरूप नचल्ने सरकारलाई सत्तावाट हटाउन प्रमुख भूमिका खेल्न जरूरी छ । नेता र नेतृत्वकाे गल्तिलाई गल्ति हाे भन्न अाँट गर्नुपर्छ र सही कदमकाे खुलेर प्रशंसा गर्नुपर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !