७ बैशाख २०८१, शुक्रबार

प्रदेश नीति: पर्यटन प्रवर्द्धनबाटै प्रदेशकाे प्रगति


Editorial

नेपालपत्र, १५ वैशाख २०७५ । सात प्रदेशका प्रमुखले अा-अाफ्नाे प्रदेशकाे नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। सबै प्रदेशकाे नीति र कार्यक्रममा एउटा समानता देखिएकाे छ। सातै प्रदेशले विकासकाे लागि पर्यटनलाई पहिलाे राेजाइमा राखेका छन् ।

नेपालमा धार्मिक, सांस्कृतिक पर्यटक भित्र्याउने निक्कै सम्भावना छ । हिन्दु धर्मावलम्बीका लागि पाथिभारा, पशुपतिनाथ, मुक्तिनाथ, डाेलेश्वरधाम, मनकामना, रामजानकी मन्दिर जस्ता धेरै तीर्थस्थलहरू रहेका छन् । त्यसैगरी बाैद्ध धर्मावलम्बीका लागि लुम्बिनी, बाैद्ध, स्वयम्बु अादि क्षेत्र घुम्न लायक छन् ।

त्यसैगरी नेपालकाे उत्तरीभाग पदयात्राकाे लागि उपयुक्त रहेकाे छ । यसकाेे सदुपयाेग गरेर ट्रेकिङ गर्ने पर्यटकलाई अाकर्षित गर्न सकिन्छ । नेपालका नदिहरू राफ्टिङका लागि अति उपयुक्त रहेकाले यसबाट पनि पर्यटक वृद्धि गराउने सम्भावना छ । नेपालमा पर्यटकहरू अाउने गरेपनि उनीहरूकाे अधिकतम अाैसत बसाइ बीस दिनभन्दा बढि हुन सकेकाे छैन । उनीहरूकाे नेपाल बसाइकाे अवधि बढाउनु नै नेपालकाे मुख्य चुनाैति रहेकाे अवस्थामा सबै प्रदेशले अा-अाफ्नाे क्षेत्रकाे महत्वपूर्ण पर्यटकीय गन्तव्यकाे प्रचार प्रसार गर्ने याेजनाले सार्थकता पाउन सक्दछ ।

नेपाल पर्यटकीय गन्तव्यकाे रूपमा विश्वमाझ परिचित गराउँदै पर्यटकलाई नेपाल भित्र्याउने र उनीहरूकाे नेपाल बसाईकाे अवधि लम्ब्याउन सकेकाे खण्डमा अर्थ व्यवस्थामा निक्कै सुधार गर्न सकिने निश्चित छ ।

प्रदेश नं. १ मा विश्वकाे सर्वाेच्च शिखर सगरमाथादेखि अन्य ठूला हिमालसमेत रहेकाले हिमाल अाराेहणकाे गन्तव्यकाे रूपमा मात्रै व्यवस्थापन र प्रवर्द्धन गर्न सक्ने हाे भने पर्यटककाे संख्यामा वृद्धि गर्न कुनै कठिन छैन ।

प्रदेश नं. २ मा धार्मिक पर्यटन बढाउन सक्ने अवस्था छ । रामजानकी मन्दिरकाे प्रवर्द्धन गरेर भारत, बर्मा लगायतवाट धार्मिक पर्यटन भित्र्याएर यश क्षेत्रकाे अार्थिक प्रगति गर्न सकिन्छ ।

प्रदेश नं. ३ अन्यप्रदेशकाे तुलनामा धेरै विकसित छ । तर व्यवस्थित विकासकाे अभाव रहेकाे देख्न सकिन्छ । याे प्रदेशमा रहेका धार्मिक र सांस्कृतिक सम्पदालाई अझ प्रचार प्रसार गरेर पर्यटककाे बसाइ लम्ब्याउन सकिन्छ ।

प्रदेश नं. ४ ले पनि प्रदेशकाे उन्नतिकाे मुख्य अाधार पर्यटनलाई नै मानेकाे छ । पाेखरा अहिले पनि विदेशी पर्यटककाे राजधानीपछिकाे गन्तव्य रहँदै अाएकाे छ । याे प्रदेशले पाेखरा पुगेका पर्यटकलाई मनाङ र मुस्ताङसम्म पुर्याउने लक्ष्य लिएकाे छ । यसाे हुन सकेमा पर्यटककाे भ्रमण अवधि बढाएर प्रदेशले अार्थिक फाइदा लिन सक्नेछ ।

प्रदेश नं. ५ बुद्धकाे जन्मस्थलसमेत भएकाले लुम्बिनी गुरूयाेजना बनाएर धार्मिक पर्यटक बढाउन सकिन्छ साथै एेतिहासिक खाेज र अनुसन्धानकाे केन्द्रकाे रूपमा याे प्रदेशलाई अगाडि बढाउन सकिन्छ ।

प्रदेश नं.६ ले पनि पर्यटन प्रवर्द्धनलाई मुख्य अार्थिक स्राेत बढाउने अाधार मानेकाे छ । प्रदेश नं. ७ अर्थात कर्णाली प्रदेशले याे वर्षकाे सुरूवातसँगै कर्णाली–रारा पर्यटन बर्ष २०७५ कार्यक्रम शुरु गरेर समृद्धिका लागि अगाडी बढेको सन्देश दिइसकेकाे छ ।

देशमा पर्यटन क्षेत्र विकासकाे अपार अवस्था रहेकाेमा सबै प्रदेशकाे नीति र कार्यक्रममा पर्यटन प्रवर्द्धनले प्राथमिकता पाउनु अार्थिक प्रगतिकाे लागि पहिलाे खुड्किलाे बन्न सक्ने निश्चित छ । यसकाे लागि नीतिकाे सफल कार्यन्वयन गराउन सबैले अा-अाफ्नाे ठाउँबाट सहयाेग र याेगदान गर्न कुनै कन्जुस्याई गर्नु हुन्न । प्रदेशकाे विकास नै देशकाे विकास भएकालेे सबैले जारी भएकाे नीतिकाे कार्यन्वयनमा हातेमालाे गर्दै अार्थिक प्रगतिमा साथ दिन अावश्यक छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !