८ बैशाख २०८१, शनिबार

काेरियाली संयुक्त वक्तव्य : शान्तिको नयाँ युग शुभारम्भकाे सन्देश


Editorial

नेपालपत्र, १४ वैशाख २०७५ । अाज विश्वकाे राजनीतिमा नयाँ तरङ्ग पैदा भएकाे छ । १९५३मा भएकाे युद्धपछि बिग्रिएकाे उत्तर र दक्षिण काेरियाविचकाे सम्बन्धमा अाज काेरियाली सम्मेलनका दाैरान भएकाे संयुक्त वक्तव्यबाट विगतमा रहेकाे वैरभाव अन्त्य हुने संकेत देखिएकाे छ । याे काेरियाली नागरिककाे लागि मात्र सुखद खबर नभएर विश्वकाे लागि नै उदाहरणीय कार्य बन्न पुगेकाे छ ।

संयुक्त वक्तव्यमा हस्ताक्षरपछि बोल्दै दक्षिण कोरियाली राष्ट्रपति मून जे इनले कोरियाली प्रायद्वीपलाई आणविक हतियाररहित बनाउने तथा आजका मितिदेखि दुई कोरियाबीच युद्ध नहुने घोषणा गर्नु र उत्तर कोरियाली नेता किम जोङ उनले दुवै देश वास्तवमा एउटै देश, एउटै रगत र एउटै संस्कृति भएकोे र शान्तिको नयाँ युगप्रति आशावद्ध भएको बताउनुले विश्वलाई नै उत्तर काेरिया अब शान्तिकाे पथमा हिँडेकाे सन्देश दिएकाे छ ।

किम र इन दुवैले पानमुनजोम घोषणा जारी गर्दै आपसी समझदारी, समृद्धि तथा शान्तिको नयाँ युगको शुभारम्भ गरेका बताए । दुवै देशका नेताले सेप्टेम्बर १५ मा छुटिएका परिवारहरुलाई भेट्न दिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । यदि उक्त कदम सफल भएमा काेरियाली जनताविच युद्धकाे कारण पारिवारिक विछाेडवाट भएकाे भावनात्मक चाेट र घाउमा मलम मात्र लगाउने कार्यकाे सुरूवात हुँदैन, दशकाैंदेखि छुट्टिएर बस्न विवश अाफन्तले एक हुने अवसर पाउनेछन् । त्याे क्षण काेरियालीकाे लागि मात्र सुखद हुने छैन विश्वकै लागि अति उदाहरणीय र प्रेरणादायी पनि हुनेछ ।

अबकाे युग, युद्धकाे युग नभएर शान्तिकाे युग हुनुपर्छ भन्ने चेतबाट चालिएका पछिल्लाे कदमले विश्वका शक्तिराष्ट्र भनेर उदाएका अमेरिका, काेरिया, जापान र चीनले सकारात्मक सन्देश प्रवाह गरेका छन् । अब रूस र अमेरिका, भारत र पाकिस्तानवीच देखिएकाे कटुता पनि अन्त्य हुन सकेमा विश्वले प्रविधि विकासमा निक्कै ठूलाे फड्काे मार्ने निश्चित छ ।

पछिल्लाे समयमा अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे नरम अभिव्यक्ति अाउनु र उत्तर काेरियाली नेता किमसँग भेट गर्ने इच्छा गर्नु साथै अाज दक्षिण काेरियासँग कटुता हटाउने कदम अगाडि बढ्नुले अब विश्वकाे राजनैतिक ध्रुविकरण हुने नयाँ संकेत देखा परेकाे छ । त्यतिमात्र हाेइन अब युद्ध विश्वबाटै अन्त्य हुनुपर्ने र एकले अर्काकाे अस्तित्वमाथि हस्तक्षेप गर्नु हुन्न भन्ने सन्देश पनि दिन खाेजिएकाे छ । अाजकाे घटनाबाट भारत र पाकिस्तानविच रहिअाएकाे कटुता अन्त्य गर्नसमेत नैतिक दबाव बढेकाे छ ।

अन्तरराष्ट्रिय वृत्तमा यो प्रयासलाई ऐतिहासिक कदमका रुपमा लिइएको छ । यो वार्ताले मूर्त रुप लिन सके दुवै देशका बीच सौहार्द्रता र सुमधुर सम्बन्ध हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !