१३ बैशाख २०८१, बिहिबार

अब कांग्रेसकाे कार्यदिशा र लाेकतान्त्रिक अभ्यास


Editorial

नेपालपत्र, १३ वैशाख २०७५ । नेपाली कांग्रेस देशकाे एकमात्र लाेकतान्त्रिक विचार सिद्धान्त अवलम्बन गरेकाे पुरानाे पार्टी हाे । नेपालकाे राजनैतिक इतिहासमा सबैभन्दा पुरानाे पार्टीकाे रूपमा स्थापित हुन सफल र देशकाे महत्वपूर्ण परिवर्तनमा मुख्य भूमिका खेलेकाे पार्टी हाे नेपाली कांग्रेस । राणा शासन अन्त्यकाे अान्दाेलनकाे नेतृत्वदेखि गणतन्त्र स्थापनासम्मका प्रमुख अान्दाेलन र परिवर्तनकाे नेतृत्व लिएकाे शक्ति अहिले शिथिल अवस्थामा पुगेकाे छ ।

लाेकतन्त्रकाे हिमायतिकाे संज्ञा पाएकाे पार्टी पनि कांग्रेस नै हाे । विश्वमै कम्युनिष्टहरू तानाशाही हुन्छन् भनेर परिचित छन् । नेपालमा पनि जनवादकाे वकालत गर्ने तर जनवादकाे प्रयाेगमा बन्देज लगाउने पार्टी कै रूपमा कम्युनिष्टहरू परिचित छन् । त्यसैले लाेकतान्त्रिक दल या पार्टी भनेकाे नै कांग्रेस हाे भन्ने नेपाली समाजमा बुझाइ रहेकाे पाइन्छ ।

लाेकतन्त्रकाे वकालत गर्दै अाएकाे कांग्रेसले अान्तरिक पार्टीमा भने कतिकाे लाेकतान्त्रिक अभ्यास गरेकाे छ त्याे भने समिक्षाकाे पाटाे बनेकाे छ । अरूलाई लाेकतन्त्रकाे परिभाषा सिकाउने कांग्रेसकाे अहिलेकाे अवस्था कमजाेर हुनु पनि लाेकतान्त्रिक अभ्यासमा अाएकाे कमिले हाे भन्न सकिन्छ । सामूहिक निर्णयकाे सट्टा सभापतिले एकलौटी ढंगले पार्टी चलाएकाले पार्टीले प्रतिनिधिसभाकाे चुनावमा हार भाेगेकाे स्पष्ट छ ।

पटक पटक देशकाे नेतृत्व समालेकाे पार्टी, ठूला ठूला राजनैतिक परिवर्तनकाे संवाहक भएर पनि पार्टीभित्र भने अान्तरिक लाेकतन्त्र स्थापित र व्यवस्थित गर्न नसकेकाे अाभाष हुन्छ । पछिल्लाे चुनावमा पार्टीले नसाेचेकाे परिणाम ल्याउँदासमेत नैतिकताकाे अाधारमा सभापतिवाट राजिनामा अाएन, नत हारकाे समीक्षा बैठक नै बस्न सक्याे । हाल केन्द्रीय कार्यसमिति बैठक बसिरहेकाे छ । तर यस बैठकवाट पनि कांग्रेसकाे ठाेस रणनीति र कार्ययोजना अाउनेमा ढुक्क हुनसक्ने अवस्था छैन ।

अबकाे बाटाे के हुने र कसरी अहिले खस्किएको साख जाेगाउने चिन्ता कांग्रेसका युवा पुस्ताले लिएकाे देख्न सकिन्छ । अहिले चलिरहेकाे कार्यसमिति बैठकमा पार्टीभित्रको अन्तरघात, आम नागरिकको मन जित्न नसक्नु, महत्वपूर्ण मुद्दामा बहिर्गमन, सम्प्रेषण क्षमतामा ह्रास, परम्परागत संगठन शैली, सैद्धान्तिक पुनःव्याख्या जस्ता विषयले पराजय भाेग्नु परेकाे बहसले प्राथमिकता पाएकाे छ । याे विषयमा गम्भीर भएर निश्कर्ष निकाल्न नसक्ने हाे र कांग्रेसले अहिलेवाट नै विशेष कदम नचाल्ने हाे भने अबकाे नेपाली राजनीतिमा नेतृत्व गर्न कठिन हुन सक्छ ।

नामकाे मात्रै लाेकतान्त्रिक शक्ति भएर अबका दिनमा अगाडि बढ्न सजिलाे छैन । अन्य वैकल्पिक शक्तिहरू उदाउने क्रममा रहेकाले कांग्रेसमाथि चुनाैति र अवसर दुवै थपिएकाे छ । वैकल्पिक शक्तिभन्दा पृथक रहँदै अाफ्नाे विरासतलाई कायम राखेर अर्काे निर्वाचनपछि देशकाे नेतृत्व लिने अवस्थामा पुग्न कांग्रेसले अहिलेवाट नै याेजना बनाएर त्यस अनुरूप अगाडि बढ्नु र लाेकतान्त्रिक पद्धतिकाे अवलम्बन गर्नु अावश्यक छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !