१३ बैशाख २०८१, बिहिबार

लकडाउन अवधिभर शेयर बजार बन्द हुने


नेपाल स्टक एक्सचेन्ज

चैत १७, काठमाडौं । लकडाउन अवधिभर शेयर बजार बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबार सूचना जारी गर्दै नेपाल सरकारले लकडाउन घोषणा गरेको चैत २५ गतेसम्म शेयर बजार बन्द हुने जनाएको हो । लकडाउन अवधिमा बजार बन्द गर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको थियो ।

यसअघि नेप्सेले चैत १० गतेदेखि ५ दिनको कारोबार बन्द गरेको अवधि मंगलबार सकिँदैछ । सरकारले लकडाउनका समयावधि बढाएपछि नेप्सेले समेत बजार बन्द गर्ने समयावधि बढाएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !