११ बैशाख २०८१, मंगलबार

सरकारद्वारा २२ अर्ब बढी वैदेशिक ऋण लिने निर्णय


डा. युवराज खतिवडाले मन्त्रिपरिषद्

१६ चैत, काठमाडौं । नेपाल सरकारले २२ अर्ब भन्दा बढी वैदेशिक ऋण लिने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई दिइने राहतको स्रोत जुटाउन सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको हो । नेपाल सरकारका प्रवक्ता एवं अर्थमन्त्र‍ी, सञ्‍चार तथा सूचना प्रविधि मन्त्र‍ी डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजानिक गर्दै अन्तर्राष्टिय मुद्रा कोषबाट उपलब्ध हुने निर्ब्याजी ८७.५ मिलियन एसडीआर अर्थात् १३ अर्ब नौ करोड ऋण सुविधा लिने निर्णय भएको बताएका हुन् ।

साथै विश्व बैंकबाट आपतकालीन स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रम अन्तर्गत् प्राप्त हुने २९ मिलियन अर्थात् तीन अर्ब ४८ करोड सहुलियतपूर्ण ऋण सहायता समेत स्वीकार गर्ने निर्णय भएको छ । यसैगरी एसियाली विकास बैंकले घोषणा गरेको ५० मिलियन अमेरिकी डलरको सहयोग कार्यक्रम पनि स्वीकार गर्ने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिएका छन् । अन्य सम्भावित विकास साझेदारबाट परिचालित हुने सक्ने स्रोतका लागि पनि पहल गर्ने निर्णय भएको छ ।

राहत प्याकेजका लागि वार्षिक बजेटको रकमबाट रकमान्तर गर्ने, स्थानीय तह प्रदेश र संघको कोरोना उपचार कोषमा जम्मा हुने रकम, विपद् व्यवस्थापन र प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा भएको रकम पनि खर्च गर्न सकिनेछ । सार्वजनिक संस्थानबाट दिइने छुटको हिस्सा संस्थानहरुले नै व्यहोर्ने व्यवस्था मिलाइने मन्त्री खतिवडाले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

लकडाउन चैत २५ सम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

राष्ट्र बैंकले गर्यो सहुलियतको घोषणा : चैतमा तिर्नुपर्ने ऋण असारमा बुझाए हुने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !