घरायसी ग्राहकलाई चैतको विद्युत महसुलमा प्राधिकरणले दियो २० प्रतिशत छुट Nepalpatra घरायसी ग्राहकलाई चैतको विद्युत महसुलमा प्राधिकरणले दियो २० प्रतिशत छुट
१५ माघ २०७८, शनिबार

घरायसी ग्राहकलाई चैतको विद्युत महसुलमा प्राधिकरणले दियो २० प्रतिशत छुट


NEA

१४ चैत, काठमाडौं । सरकारले घरायसी ग्राहकलाई चैत महिनाको विद्युत महसुलमा २० प्रतिशत छुट दिने भएको छ । नेपाल विद्युत प्राधिकरणले आफ्ना ३८ लाख घरायसी ग्राहकलाई १५० युनिटसम्म विद्युत प्रयोगमा चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट दिन लागिएको हो ।

ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषदसमक्ष महसुल छुटका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !