१२ बैशाख २०८१, बुधबार

युवालाई पाँच अर्ब बराबरको सहुलियत ऋण


रकम

८ मंसिर, काठमाडौं । उद्यमशीलतामा लागेका युवालाई सरकारले सहुलियतपूर्ण ऋण दिने भएको छ । राष्ट्रिय युवा परिषद्ले सञ्चालन गरेको एकहप्ते उद्यमशीलता विकास र वित्तीय साक्षरता तालिममा सहभागी भएका युवालाई बिनाधितो सहुलियतपूर्ण ऋण दिने भएको छ ।

विदेशबाट फर्केका र उद्यम सञ्चालन गरिरहेका १६ देखि ४० वर्ष उमेर समूहका युवालाई पहिलो चरणामा ५ अर्ब रुपियाँ बराबरको ऋण दिन लागेको हो । यसका लागि राष्ट्रिय युवा परिषद्ले सरकारी र निजी गरी चारवटा बैंकसँग सम्झौता गर्ने भएको छ ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले पहिलो चरणमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास र एनएमबी बैंकबीच सम्झौता हुने तयारीमा रहेको जानकारी गराए । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !