६ बैशाख २०८१, बिहिबार

रु ४७ अर्ब राजश्व सङ्कलन


tax

विराटनगर, ३ साउन । आर्थिक वर्ष २०७५/७६ मा कूल रु ४७ अर्ब २४ करोड ३४ लाख राजश्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ ।

सङ्घअन्तर्गत रहेका सो कार्यालयमा अघिल्लो आवमा रु ४० अर्ब ४० करोड ४० लाख राजश्व सङ्कलन भएको थियो ।

तुलनात्मकरुपमा अघिल्लो आर्थिक वर्षभन्दा १७ प्रतिशत राजस्व बढी सङ्कलन भएको कार्यालय प्रमुख किशोर बरालले जानकारी दिनुभयो । गएको आवमा कूल रु ३० अर्ब ८४ करोड ७५ लाख वार्षिक बजेटमा रु २९ अर्ब ४४ करोड २१ लाख निकासा भएको कार्यालयले जनाएको छ । पूँजीगत रु चार अर्ब ७५ करोड ३० लाख वार्षिक बजेटमा रु तीन अर्ब ५७ करोड ७८ लाख निकासी भएर ७५ प्रतिशत प्रगति हासिल गरेको छ ।

चालू र पूँजीगत गरी कूल रु ३५ अर्ब ६० करोड पाँच लाखमा रु ३३ अर्ब एक करोड ९९ लाख निकासी भई ९३ प्रतिशत प्रगति हासिल भएको प्रमुख बरालले जानकारी दिनुभयो । उहाँले निकासा भएको बजेटमा रु १९ अर्ब प्रदेशलाई र रु छ अर्ब स्थानीय तहलाई भएको छ भन्नुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !