७ बैशाख २०८१, शुक्रबार

कुन बिमा कम्पनीले के कति दिँदैछन् बोनस ?


बोनस

काठमाडौं । विभिन्न बिमा कम्पनीहरुले बोनस दिने घोषण गरेका छन् । जसमा लाइफ इन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्स लिमिटेड बिमितलाई सबैभन्दा बढी बोनस दिने कम्पनीको रुपमा देखिएको छ ।

एलआईसीले प्रतिहजार वार्षिक न्युनतम रु ६६ देखि ८५ सम्म बोनस दिने घोषणा गरेको छ । आर्थिक वर्ष ०७४/०७५ का लागि एलआइसीले नयाँ बोनसदर घोषणा गरेको हो ।

यस्तै एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष ०७३/०७४ का लागि प्रतिहजार न्यनतम रु ४१ देखि ८५ सम्म बोनस दिने घोषणा गरेको थियो ।

एसियनले २५ वर्षमाथिको बिमालेखमा रु ८५ र एलआइसी नेपालले ५ वर्षको अवधिमा सो बोनस दिने भएका हुन् ।

एसियन लाइफले नयाँ बोनस दर घोषणा गरेको छैन । एलआईसीको नयाँ बोनस दरलाई नियामक बिमा समितिले स्वीकृत गरेको छ । एलआईसी नेपाल र एसियन सबैभन्दा बढी बोनस दर दिने कम्पनीमा सूचिकृत भएका हुन ।

हाल समितिले १९ ओटा कम्पनीलाई जीवन बिमा व्यवसाय गर्न अनुमति दिएको छ । यी मध्ये १० ओटा नयाँ छन् ।

बीमा समितिका अनुसार सूर्या लाइफले न्युनतम रु ३८ देखि ७३ सम्म बिमितलाइ बोनस दिने घोषणा गरेको थियो । यस्तै प्राइम लाइफले रु ३५ देखि ७५, एसियन लाइफले रु ४१ देखि ८५, मेटलाइफले रु ४५ देखि ७० सम्म बिमितिलाई बोनस दिने घोषणा गरेको छ । समितिका अनुसार नेपालमा जीवन बिमा व्यवसाय गर्नेमा १९ कम्पनी भएका छन् ।

यी मध्ये महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड छन् ।

यस्तै ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सनलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नयाँ जीवन बिमा व्यवसाय गर्ने कम्पनी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !