६ बैशाख २०८१, बिहिबार

वृद्धाश्रमलाई आर्थिक सहयोग


moneyy

९ पुस, पोखरा । तनहँुको ढोरफिर्दी स्थायी घर भई हाल बेलायतमा बस्दै आउनुभएका मदनकुमार रानाले पोखरा वृद्धाश्रमलाई रु २१ हजार सहयोग गर्नुभएको छ ।

बेलायतको १२० भिक्टोरिया रोड, अल्डरसट मानमस्ते एक्सप्रेसको नाममा व्यवसाय सञ्चालन गर्दै आउनुभएका रानाले आफन्तमार्फत आइतबार उक्त सहयोग गर्नुभएको वृद्धाश्रम सञ्चालक समितिका कोषाध्यक्ष वर्षाकेशव पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरा महानगरपालिका–१७ सीतापाइलास्थित पोखरा वृद्धाश्रममा महिला ४० र पुरुष ३० जना गरी जम्मा ७० जनाले आश्रय लिँदै आएका छन् । झण्डै १३ रोपनी क्षेत्रफलमा फैलिएको वृद्धाश्रममा ज्येष्ठ नागरिक प्राथमिक उपचार कक्ष, दुईवटा आवास भवन, एउटा सभाहल, गौशाला, भान्छा घरलगायत केही अस्थायी आवास भवन तथा शौचालय रहेको छ ।

व्यवस्थित रुपमा सञ्चालन गर्न लागिएको स्वस्थ्योपचार कक्ष निर्माणाधीन अवस्थामा रहेको पराजुलीले जानकारी दिनुभयो । वृद्धाश्रमको सुरक्षा व्यवस्थापनका लागि सिसी क्यामेरा जडान गर्न र सुरक्षा गार्डको प्रबन्ध मिलाउनका लागि सहयोग दातासँग आग्रह गरिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !