४ श्रावण २०८२, आइतबार

नेपाल बैंकले भन्यो– २० अर्ब ४० करोड गायब भएको भनी प्रकाशित समाचार झूटो हो


नेपाल बैंक

काठमाडौँ । नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७४/०७५ मा बैंकबाट २० अर्ब ४० करोड १५ लाख रुपैयाँ गायब भएको भनी प्रकाशित समाचारहरु झूटो भएको स्पष्ट पारेको छ ।

बैंकको धर्मपथस्थित केन्द्रीय कार्यालयले हिजो एक प्रेस बिज्ञप्ति जारी गदै उक्त प्रकाशित समाचारहरुको खण्डन गरेको हो । बैंक नियामक निकायको नीति तथा निर्देशनहरु पूर्णपालनामा प्रतिबद्ध रहेको पनि दाबी गरिएको छ।

बैंकले भनेको छ, ‘यस बैंकबाट आव २०७४/७५ मा २० अर्ब ४० करोड १५ लाख रुपैयाँ गायब भएको भनी प्रकाशित गरेको भ्रामक, झूटो र तथ्यहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’

बैंकले राष्ट्र बैंकका जारी निर्देशन तथा प्रचलित नेपाल कानुनबमोजिम आफ्नो हिसाबकिताब राख्दै आएको, नियामकीय निकायलाई बैंकको अनुपालनाका विषयमा पूर्ण जानकारी भएको र बैंकका लेखापरीक्षण भएका वित्तीय विवरणहरु त्रैमासिक तथा वार्षिक रुपमा सबैको जानकारीको लागि सार्वजनिक गर्ने गरिएको उल्लेख गरेको छ ।

यस्तो छ नेपाल बैंकले निकालेको विज्ञप्ति

यस्तो छ नेपाल बैंकले निकालेको विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !