६ बैशाख २०८१, बिहिबार

माइक्रोसफ्टले २८ खर्ब रुपैयाँमा किन्यो लिङ्‍क्ड्इन


microsoft

काठमाडौं: विश्वचर्चित सफ्ट्वयर कम्पनी माइक्रोसफ्टले सामाजिक सञ्जाल लिङ्‍क्ड्इनलाई नेपालको एक वर्षको बजेट भन्दा तीन गुणा बढी मूल्यमा खरिद गरेको छ ।

माइक्रोसफ्टले लिङ्‍क्ड्इनलाई करिब २८ खर्ब नेपाली रुपैयाँमा खरिद गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्

पेशागत व्यक्तिहरुले प्रयोग गर्ने यो सामाजिक सञ्जालका रुपमा परिचित लिङ्‍कड्इन किनेपछि माइक्रोसफ्टले प्रतिसेयर १९६ डलर अर्थात करिब २० हजार रुपैयाँ प्रदान गर्ने भएको छ ।

मानिसहरुलाई जागिरसहितका अन्य सुविधाहरु प्रदान गरेर ख्याति कमाएको यो सामाजिक सञ्जाललाई विश्वकै धनी बिल गेट्सको कम्पनीले खरिद गरेको हो ।

समाचार अनुसार यो सामाजिक सञ्जालका विश्वभर ४ करोड ३३ लाख सदस्य रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !