८ बैशाख २०८१, शनिबार

‘बाथको’ का गुणस्तरीय उत्पादनको नयाँ डिलर ढल्केवरमा उद्घाटन


बाथको

काठमाडौँ । उत्कृष्ट डिजाइन र अन्तराष्ट्रिय गुणस्तरका बाथवेयर तथा सेनिटेरीवेयरका उत्पादक “बाथको” ले धनुषाको मिथिला नगरपालिकाको केन्द्र ढल्केवरमा आफ्नो नयाँ डिलर शोरुमको उद्घाटन गरेको छ । ढल्केवरमा सञ्चालित जय अम्बे हार्डवेयर एण्ड अर्डर सप्लायर्सले ‘बाथको’ प्रोडक्टको शोरुम सञ्चालनमा ल्याएको हो ।

श्रावण १४ गते, शनिबारका दिन भएको एक कार्यक्रममा “बाथको” का प्रबन्ध निर्देशक विकास कुमार झाले उक्त शोरुमको शुभारम्भ गरेका हुन्। ढल्केवरमा शोरुमको उद्घाटन गर्दै झाले मधेस प्रदेशमा जय अम्बे हार्डवेयर एण्ड अर्डर सप्लायर्स बाथको नेपालको दोस्रो आधिकारिक विक्रेता रहेको जानकारी दिए । उनले यसअघि योप्रदेशमा पहिलो पटक बाराको कलैयामा “बाथको” को डिलर्स सञ्चालनमा ल्याइएको उल्लेख गरे ।

उक्त उद्घाटन कार्यक्रममा मिथिला उद्योग वाणिज्य संघका अध्यक्ष एवम् जय अम्बे हार्डवेयर एण्ड अर्डर सप्लायर्सकै सञ्चालक तेजनारायण साह, सोही कम्पनीका अर्का सञ्चालक सुनिल सिंह, मिथिला उद्योग वाणिज्य संघका पदाधिकारी र सदस्यहरु तथा अन्य स्थानीय व्यापारी समेतको उपस्थिती रहेको थियो ।

भारतमा निर्माण हुने ‘बाथको’ ब्राण्डको नेपालको होल डिस्ट्रीब्युटर्स बाथको नेपाल कम्पनी रहेको छ । विगत ९ महिनादेखि बाथको नेपाल कम्पनीले उक्त ब्राण्डका सामाग्रीहरु भारतबाट नेपाल निर्यात गर्दै आइरहेको छ र नेपालमा एक गुणस्तरीय, मल्टिनेशनल ब्राण्डका रुपमा आफ्नो पहिचान बनाउँदै आएको छ ।

अहिले देशका मूख्य शहरहरुमा आधिकारिक विक्रेता राखेर विक्री वितरणमा ल्याइएको ‘बाथको’ प्रोडक्टलाई विस्तार गरिरहेको कम्पनीको भनाई छ । प्रबन्ध निर्देशक झाका अनुसार हाल काठमाडौं, पोखरा, धरान, विराटनगर, विर्तामोड लगायतको प्रमुख शहरहरुमा ‘बाथको’को आधिकारिक विक्रेता तोकिएको छ ।

ग्राहकहरुलाई सुविधा दिन दुई ठाउँ बाट वितरण गर्ने लक्ष्यका साथ कम्पनीको डिपो वीरगंज र काठमाडौं मा राखिएको छ । ‘बाथको’ले उत्पादन गर्दै आएको ब्रासबाट निर्मित सेनिटरी वेयर, बाथ फिटिङ्स, बाथ एक्सोसेरिजसहितका सामाग्रीहरुको ११ वर्षको वारेण्टी रहेको झाको भनाई छ ।

बाथको


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !