१२ बैशाख २०८१, बुधबार

राष्ट्र बैंकका गर्भनर अधिकारीद्वारा मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)


महाप्रसाद अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेका छन् ।

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले पारित गरेपछि आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति गर्भनर अधिकारीले सार्वजनिक गरेका हुन् । राष्ट्र बैंकले चालु आवमा कसिलो मौद्रिक नीति सार्वजनिक गरेको छ ।

गभर्नर अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै चालू खाता घाटा र शोधनान्तर घाटालाई मध्यनजर गर्दै मौद्रिक नीति तयार भएको स्पष्ट पारेका छन् । उनले मूल्यमा परेको चाप र चालू खाता घाटा र शोधनान्तर घाटाले बाह्य क्षेत्रमा परेको प्रभावलाई मौद्रिक नीतिमा समावेश गरिएको बताए ।

अर्थ मन्त्रालय समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग हिजो बिहीबार भेटेर राष्ट्र बैंकमा गभर्नर अधिकारीले मौद्रिक नीतिका विषयमा ब्रिफिङ गरिसकेका थिए ।

पछिल्लो समय अर्थतन्त्र दबाबमा रहेको भन्दै अर्थविद्हरूले यो वर्षको मौद्रिक नीति कसिलो ल्याउन सुझाव दिएका थिए । सार्वजनिक भएको मौद्रिक नीति सेयर बजार तथा घरजग्गाका लागि कसिलो गरिएको छ ।

यस्तो छ हेर्नुहोस् राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति (पूर्णपाठ)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !