१३ बैशाख २०८१, बिहिबार

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै


नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै छ । नेपाल राष्ट्र बैंकले आज अपराह्न ४ बजे आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्ने भएको हो ।

अर्थ मन्त्रालय समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग हिजो बिहीबार भेटेर राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिका विषयमा ब्रिफिङ गरिसकेका छन् ।

गभर्नर अधिकारीले प्रधानमन्त्री देउवासँगको छलफलपछि केन्द्रीय बैंकको बोर्ड बैठक बसेको थियो । आज नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बसेर मौद्रिक नीति पारित हुनेछ ।

वैठकले पारित गरेसँगै राष्ट्र बैंकले चालु आवमा कसिलो मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा जुटेको बताएको छ । बोर्डले पारित गरेलगत्तै आजै शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्न लगिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !