८ बैशाख २०८१, शनिबार

विदेश घुम्न जानेलाई डलर सटहीमा कडाइ, अब उप्रान्त २०० अमेरिकी डलर मात्र पाउने


नेपाल राष्ट्र बैंक

काठमाडौँ । के तपाई विदेश यात्राको तयारीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईले आफूलाई आवश्यक पर्ने जति अमेरिकी डलरको सटही सुविधा पाउन सक्नुहुनेछैन ।

नेपाल राष्ट्र बैंकले विदेश घुम्न जाने नेपालीलाई डलर सटहीमा कडाइ गरेको छ । राष्ट्र बैंकले आज एक सर्कुलर जारी गर्दै विदेश भ्रमणमा जाने नेपालीले अघिकतम २०० अमेरिकी डलर मात्र साटन पाउने जनाएको छ ।

विदेश भ्रमणमा जाने नेपालीले अब उप्रान्त २०० अमेरिकी डलर मात्र सहटी गर्न पाउने भएका हुन् । देशमा विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले डलर सटहीमा कडाइ गरेको हो ।

राष्ट्र बैङ्कले मनिचेन्जरले विदेश भ्रमणमा जाने नेपालीलाई एक राहदानीवापत अधिकतम २०० अमेरिकी डलरसम्म सटही सुविधा दिनसक्ने बताएको हो । यसअघि एक राहदानीवापत १५०० डलरसम्म सटही सुविधा पाउने व्यवस्था थियो ।

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र-२०७८ मा संशोधन गर्दै मनिचेञ्जर कम्पनी र अन्य निकायहरुलाई डलर सटहीमा कडाई गरिएको पत्र पठाएको हो ।

केन्द्रीय बैंकका कार्यकारी निर्देशक रामु पोडेलका अनुसार विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई यस खालको एकीकृत परिपत्र जारी गरिएको हो । चालु आर्थिक वर्षमा मात्र विदेश भ्रमणका लागि नेपालीले झण्डै पौने एक खर्ब खर्च गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

विदेश घुम्न जानेलाई डलर सटहीमा कडाइ, अब उप्रान्त २०० अमेरिकी डलर मात्र पाउने #Nepalpatra https://nepalpatra.com/economy/236319/


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !