काठमाडौँ महानगरले ल्यायो चालु आर्थिक वर्षको भन्दा ७ अर्ब बढीको बजेट Nepalpatraकाठमाडौँ महानगरले ल्यायो चालु आर्थिक वर्षको भन्दा ७ अर्ब बढीको बजेट
३० श्रावण २०७९, सोमबार

काठमाडौँ महानगरले ल्यायो चालु आर्थिक वर्षको भन्दा ७ अर्ब बढीको बजेट


काठमाडौँ महानगरपालिका

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट प्रस्तुत गरेको छ । उक्त बजेट चालु आवको भन्दा ७ अर्बभन्दा बढी हो ।

कामपाको उपप्रमुख सुनिता डङ्गोलले आज नगरसभामा उक्त रकम बराबरको बजेट प्रस्ताव गर्नुभएको हो । कामपाले चालु आवका लागि रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट ल्याएको थियो । जसमा सबैभन्दा धेरै भौतिक पूर्वाधारको क्षेत्रमा रु १० अर्ब ८० करोड बजेट पारित भएको थियो ।

आगामी आवका लागि पनि चालु आवको जस्तै पूर्वाधार विकासका लागि सबैभन्दा धरै रु ११ अर्ब आठ करोड बजेट प्रस्ताव गरिएको छ । नगरसभामा उपप्रमुख डङ्गोलले कार्यालय खर्चका लागि रु चार अर्ब ६८ करोड बजेट प्रस्ताव गरेको जानकारी दिए । यो कूल बजेटको २० प्रतिशत हो । यस्तै आर्थिक विकास कार्यक्रमका लागि कूल बजेटको २.२४ प्रतिशतले हुन आउने रु ५० करोड २१ लाख २४ हजारसमेत विनियोजन गरिएको उपप्रमुख डङ्गोलले बताए ।

स्रोत व्यवस्थापनतर्फ भने महानगरको सञ्चितकोषमा जम्मा हुने रु २२ अर्ब ३६ करोड ९५ लाख ४१ हजारबाहेक सङ्घीय सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता, सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान तथा राजस्व बाँडफाँट र जग्गा एकीकरण आयोजनाहरूबाट प्राप्त हुने महानगरले जनाएको छ ।

यस्तो आम्दानी सञ्चित कोषबाहेक रु तीन अर्ब पाँच करोड एक लाख ४७ हजार रहने छ । संवैधानिक व्यवस्थाअनुसार कामपाले यही असार ८ गते नीति तथा कार्यक्रम पारित गरेको थियो भने सोहीअनुसार आज बजेट नगरसभामा प्रस्तुत गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !