१३ बैशाख २०८१, बिहिबार

आज संघीय संसदमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत हुँदै


जनार्दन शर्मा प्रतिनिधिसभाको बैठक

काठमाडौँ । सरकारले आज आउँदो आर्थिक वर्ष २०७९/०८० का लागि वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दैछ । अर्थमन्त्री जनार्दन शर्माले आज आइतबार दिउँसो ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

अर्थमन्त्री शर्माले संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण सार्वजनिक प्रस्तुत गर्नेछन् । संघीय संसद सचिवालयले ३:४५ बजे नै सांसदहरूलाई संसद् भवन प्रवेश गरिसक्न आग्रह गरेको छ ।

यसअघि हिजो शनिबार बसेको प्रतिनिधिसभाको बैठकबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको थियो भने राष्ट्रियसभाको शुक्रबारको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको थियो ।

सरकारले आज बजेट ल्याउनुअघि संघीय संसदका दुवै सदनहरु प्रतिनिधिसभा र राष्ट्रियसभामा नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

नेपालको संविधानबमोजिम जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने अनिवार्य व्यवस्था अनुसार बजेट प्रस्तुत गर्नुअघि सरकारको नीति तथा कार्यक्रम पारित गरिएको हो । गणतन्त्र दिवसको दिन पारेर नै बजेट पेश गर्ने गरी संविधानमा नै व्यवस्था गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !