७ बैशाख २०८१, शुक्रबार

लघुवित्त ग्रामीण विकासको मूख्य आधार : कामु गभर्नर


डा. नीलम ढुङ्गाना तिम्सिना

काठमाडौं । नेपाल राष्ट्र बैंक कायममुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले लघुवित्त ग्रामीण विकासको मूख्य आधार भएको बताएकी छन् ।

तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको उद्घाटन गर्दै कायममुकायम गभर्नर डा. तिम्सिनाले लघुवित्तले गरिब र लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न, लैङ्गिक असमानतालाई न्यून गर्न, महिला सशक्तीकरणलाई टेवा दिन र आर्थिक असमानतालाई कम गर्न मद्दत गरेको बताइन् ।

कायममुकायम गभर्नर डा. तिम्सिनाले भनिन्, “लघुवित्तले वित्तीय सेवाबाट वञ्चित रहेका समूहलाई प्रदान गर्ने वित्तीय सेवाहरूलाई जनाउँछ, जसले उनीहरूलाई स्वरोजगारका अवसरहरू विकास गर्न र विभिन्न आय आर्जन गर्ने गतिविधिहरु विस्तार गर्न मद्दत पुयाउँछ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !