११ बैशाख २०८१, मंगलबार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल १६० र ग्यास १६०० रुपैयाँ पुग्यो


पेट्रोलियम पदार्थ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । निगमको संचालक समितिको हिजो मंगलबार बसेको बैठकले हिजो राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।

निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको हो । योसँगै पेट्रोलको मूल्य अब प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।

निगमले खाना पकाउने ग्यासको मूल्य समेत बढाएको छ । खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले वृद्धि गरेको हो । यसअघि १५७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब प्रति सिलिण्डर १६०० रुपैयाँ पुगेको छ ।

यस्तै हवाई इन्धन (आन्तरिक) मा ५ रुपैयाँ बृद्धि गरेर प्रति लिटर १५६ रुपैयाँ कायम गरिएको छ । यस्तै हवाई इन्धन (अन्तर्राष्ट्रिय) अमेरिकी डलर ५० ले बृद्धि भइ प्रतिकिलोलिटर अमेरिकी डलर १,५४५ कायम गरिएको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएकाले भाउ बढाइएको निगमले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !