सुनको मूल्य बढ्यो, प्रतितोला कति ? Nepalpatra सुनको मूल्य बढ्यो, प्रतितोला कति ?
११ माघ २०७८, मंगलबार

सुनको मूल्य बढ्यो, प्रतितोला कति ?


सुन

काठमाडौं । आज सुनको मूल्य २०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २०० रुपैयाँले वृद्धि हुँदै ९२ हजार ७०० रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा २०० रुपैयाँले नै बढ्दै ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने बिहीबारको मूल्यमा पाँच रुपैयाँले मात्र बढ्दै एक हजार २६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !