४ बैशाख २०८१, मंगलबार

एनएमबि बैंकद्वारा सिफेमसँग १ करोड २० लाख अमेरिकी डलर ऋण पाउने सम्झौता


एनएमबि बैंक

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले स्वीस इन्भेष्टमेन्ट फण्ड इममर्जिङ मार्केट्स (सिफेम) संग १ करोड २० लाख अमेरिकी डलर ऋण प्राप्त गर्ने गरी सम्झौता गरेको छ ।

सिफेमबाट पहिलो पटक नेपालमा लगानी भित्राउने गरी सोमबार भएको यो सम्झौता भएको हो । उक्त सम्झौतामा सिफेम र स्वीस सरकार विकास सहयोग एसडिसीबीचको सहकार्यको महत्वपूर्ण भूमिका रहेको बताइएको छ ।

नेपाल स्वीट्जरल्याण्डको विकास सहयोगको प्राथमिकतामा पर्ने राष्ट्र हो । सिफेम र एसडिसीबीचको सहकार्यमा भएको यो लगानी नेपालसँग स्वीट्जरल्याण्डको लामो समयदेखिको साझेदारीको इतिहासमा एउटा कोसेढुंगा रहेको बताइएको छ ।

सिफेमबाट बैंकले प्राप्त गरेको कर्जा रकम बैंकले मुख्यतः लघु साना तथा मझौला उद्यमहरुलाई कर्जा प्रदान गर्न र वित्तिय पहुँच अभिबृद्धि गर्न, वित्तिय क्षेत्रको विकासमा योगदान पुग्ने, रोजगारी बृद्धिमा सहयोग र स्थानिय अर्थव्यवस्थामा सहजता बढाउन सहयोग पुग्ने क्षेत्रहरुमा लगानी गर्ने जानकारी गरिएको छ ।

एनएमबि बैंक र सिफेमबीच सम्पन्न यो सम्झौता एनएमबि बैंककोे लगानीका स्रोतहरूलाई विविधीकरण गर्दै अन्तर्राष्ट्रिय सरोकारवालाहरूसँग सहकार्यलाई बढाउने रणनीतिको निरन्तरता रहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !