१३ बैशाख २०८१, बिहिबार

सेञ्चुरी कमर्सियल बैंकले घोषणा गर्यो लाभांश, बोनस कति वितरण गर्ला ?


सेञ्चुरी कमर्सियल बैंक लिमिटेड

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको सोमबार सम्पन्न ३२६ औं बैठकले चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस शेयर र २.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ ।

अघिल्लो आव २०७५/७६ बाट बैंकले २ प्रतिशत बोनस र ४.७५ प्रतिशत लाभांश गरी ६.७५ प्रतिशत लाभांश वितरण गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको लाभांश बढेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !