७ बैशाख २०८१, शुक्रबार

चालु आर्थिक वृद्धिदर ७ प्रतिशत नै हुन्छ : अर्थमन्त्री शर्मा


जनार्दन शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै हासिल गर्न सकिने दावी गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको अर्थ समिति बैठकमा बोल्दै विभिन्न समस्याका कारण आर्थिक वृद्धिको लक्ष्य भेट्न मुश्किल पर्ने अन्य क्षेत्रबाट अनेमानहरु भइरहे पनि अब त्यस्तो समस्या नहुने र ७ प्रतिशतको लक्ष्य भेटिने अर्थमन्त्री शर्माले बताए ।

बेमौसमी वर्षाका कारण खर्बाैंको क्षति भएको भन्दै उनले यी चुनौतीका बावजुद आर्थिक वृद्धिदरको लक्ष्य भेटिने बताए । उनले अहिले बैंकिङ क्षेत्रमा १६ अर्बमात्रै लगानी योग्य रकम (तरलता) रहेको भन्दै तरलता समस्या भने रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !