१२ बैशाख २०८१, बुधबार

तोलामा २०० ले बढ्यो सुनको भाउ


अवैध सुन बरामद

काठमाडौँ । सुनचाँदी बजारमा साताको अन्तिम कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ९०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु २०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ४०० छ जसको मूल्य बिहीबार प्रतितोला रु ९१ हजार २०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २२५ तोकिएको महासङ्घले जनाएको छ । साताको पहिलो दिन आइतबार प्रतितोला रु ९३ हजार ७०० मा कारोबार भएको छापावाल सुन अन्तिम दिन शुक्रबारसम्म आइपुग्दा प्रतितोला रु एक हजार ८०० ले घटेर ९१ हजार ९०० पुगेको छ ।

सार्वजनिक तथ्याङ्कानुसार गत आइतबारका तुलनामा सोमबार प्रतितोला रु २०० ले बढेको सुनको मूल्य त्यसपछिका दिनमा लगातार घटेको देखिन्छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीका मूल्यमा हुने उतारचडावका आधारमा यहाँ आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन सुन तथा चाँदीका मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९५ डलर आसपासमा कारोबार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !