८ बैशाख २०८१, शनिबार

आज पनि सुन र चाँदीको मूल्य घट्यो


सुन

काठमाडौं । आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन पाँच सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको हो ।

छापावाल सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार २७५ रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्यमा पनि ३० रुपैयाँले गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !