११ बैशाख २०८१, मंगलबार

शेयर बजारमा इतिहासकै सबैभन्दा ठूलो गिरावट, ४० मिनेटका लागि बन्द


आर्थिक वृद्धिदर

काठमाडौं । कारोबार समयको पहिलो दुई घण्टाभित्रै ५ प्रतिशतभन्दा बढीको गिरावट आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार स्थगित गरेको छ ।

नेप्सेका अनुसार पहिलो दुई घण्टा भित्र ५ प्रतिशत भन्दा बढीले बजार घट्दा ‘सर्किट ब्रेक’ लगाएर ४० मिनेट कारोबार बन्द हुने प्रावधान रहेको छ । १ बजेसम्म १४७.३१ अंकले बजार घटेको छ ।

नेप्सेका अनुसार यो ५.०३ प्रतिशतको गिरावट हो । यो इतिहासकै सबैभन्दा ठूलो गिरावट हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !