८ बैशाख २०८१, शनिबार

यस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको ‘मौद्रिक नीति’ (पूर्णपाठ)


महाप्रसाद अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गरेको छ । आज एक कार्यक्रम गर्दै गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७८/०७९ को ‘मौद्रिक नीति’ सार्वजनिक गरेका हुन् ।

राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले नीति पारित गरेको थियो । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिलाई धेरैले रुचाएका थिए भने कोरोना प्रभावित उद्योग, व्यवसायको प्रवद्र्धनका लागि स्पष्ट मार्गदर्शन गरेको अर्थका रुपमा लिइएको थियो ।

सोही पेरीफेरीमा रहेर नीति तय भएको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकका गभर्नरसहितको एक समितिको बैठकले बिहीबार नै नीति तयार पारेको थियो । आजको सञ्चालक समितिको बैठकले त्यसलाई अन्तिम रुप दिएको थियो । गत जेठ १५ गते मुलुकको आर्थिक नीति सार्वजनिक भएको थियो ।

मौद्रिक नीति हरेक वर्ष साउनको पहिलो साता सार्वजनिक हुँदै आए पनि यसपटक सरकार परिवर्तन लगायतका कारणले केही समय ढिला हुन पुगेको हो । नीतिले कोरोना प्रभावित व्यवसाय तथा बैंक, वित्तीय क्षेत्रका लागि केही खास व्यवस्था गरेको बताइएको छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज अपराह्न सवा ४ बजे सार्वजनिक गर्दै थियो । तर सार्वजनिक हुनुअघि नै मौद्रिक नीति ‘लिक’ भएपछि अर्थमन्त्री जनार्दन शर्मा आक्रोशित भएर गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर जानकारी माग गरेका थिए ।

सार्वजनिक हुन अघि नै मौद्रिक नीति सञ्चारमाध्यममा ‘लिक’ भएपछि अर्थ मन्त्रालयमा हङ्गामा मच्चिएको थियो । जवाफमा गभर्नर अधिकारीले यसबारेमा बुझेर खबर गर्ने मन्त्री शर्मालाई बताएका थिए ।

मन्त्री शर्माले यसबारे अर्थ सचिव मधुकुमार मरासिनीसँग पनि सोधपुछ गरेका छन् । राष्ट्र बैङ्कको मौद्रिक नीति सरकारले प्रस्तुत गर्ने बजेट जस्तै हुने भएकाले सार्वजनिक हुन अगावै लिक भएपछि यसले अर्थतन्त्रमा ‘असर’ गर्ने अर्थविद्हरुले बताएका छन् ।

यस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको ‘मौद्रिक नीति’ (पूर्णपाठ)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !