५० लाख लागतमा बाटो निर्माण Nepalpatra ५० लाख लागतमा बाटो निर्माण
१२ श्रावण २०७८, मंगलबार

५० लाख लागतमा बाटो निर्माण


सडकखण्ड

कलैया । प्रसौनी गाउँपालिका–६ बेलहियादेखि प्रस्टोकासम्म ४७० मिटर ढलान बाटो निर्माण सम्पन्न भएको छ । प्रदेश २ सरकारको रु ५० लाखको लागतमा बाटो बनाइएको हो ।

वडा नं ६ का वडाध्यक्ष बृजकिशोर कुसवाहाले बाटो निर्माण भएसँगै आवतजावतमा सजिलो भएको बताउनुभयो । रातदिन काम गरी सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष राजाबाबु अंसारीले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !