२९ भाद्र २०८१, शनिबार

बनेपा नगरपालिकाको बजेट १ अर्ब ५५ करोड


बनेपा

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको आज सम्पन्न भएको नगरसभाले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार र व्यवस्थित पार्कीङसहित नगरलाई हरियाली प्रर्वद्धन गर्ने लगायतको नीति तथा कार्यक्रमलाई अगाडि सारेको छ । सभाबाट आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि रु १ अर्ब ५५ करोड ६९ लाख ६८ हजारको बजेट प्रस्तुत गरिएको छ ।

नगरसभामा नगर प्रमुख तथा सभा अध्यक्ष लक्ष्मी नरसिं बादेले आर्थिक वर्ष २०७८/७९ निति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै वडा कार्यलयसम्म पक्की सडकको पहुँच पु¥याउने, सडका दायाँबायाँ पैदल यात्रुका लागि पुटफाथ निर्माणसहित हरियाली प्रवद्र्धन गर्ने, चण्डेश्वरी मन्दिरदेखि गोसाइस्थानसम्म एक हजार ६०० सिँढी सम्पन्न गर्ने, फोहोरमैला व्यवस्थापन, नगरभित्रका मठमन्दिर पाटीपौवा, गुठी पोखरीलगायत पौराणिक, धार्मिक तथा सांस्कृतिक सम्पदाका संरक्षणमा जोड दिने, भौतिक पूर्वाधार विकास, लैङ्गीक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण तथा प्रवद्र्धन र पर्यटनजस्ता विषयलाई प्राथमिकतामा राखिएको योजना प्रस्तुत गर्नुभयो ।

यसैगरी जनतासँग मेयर कार्यक्रम, कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, सार्वजनिक शौचालय, नमूना विद्यालय, प्रत्येक वडामा न्यूनतम एउटा खेलकूद पार्क, ज्येष्ठ नागरिकका लागि स्वास्थ्य सेवालगायत बाजेबजैपार्क पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ रु २६ करोड ९ लाख, आर्थिक विकास क्षेत्रतर्फ रु दुई करोड ३२ लाख, सामाजिक विकासतर्फ रु पाँच करोड ५० लाख पूर्वाधार विकासतर्फ रु १० करोड ६८ लाख लगायत विभिन्न क्षेत्रमा प्रस्ताव गरिएको छ ।

नगर सभामा उप–प्रमुख रेखा सापकोटा दाहालले यसअघि अगाडी सारेको ‘म बनाउँछु, मेरो बनेपा’ भन्ने नारालाई सार्थकता दिने गरी बजेट प्रस्तुत गर्नु भएको हो । उपप्रमुख रेखा सापकोटाले आर्थिक वर्ष २०७७/०७८ को स्थिति समिक्षा प्रस्तुत गर्दै चालु वर्षमा भएका विकास निर्माण तथा कोभिड नियन्त्रणमा नगरपालिकाले गरेका गतिविधिबारे जानकारी गराउनुभयो । त्यस्तै नगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/०७९ आर्थिक विधेयक तथा विनियोजन विधेयक प्रस्तुत गर्दै बजेटले समग्र क्षेत्रमा नागरिकको अभिभावक नगरपालिका भएको महसुस हुने गरी बजेटले समेटिएको प्रमुख प्रशासकीय कविराज उप्रतीले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !