४ बैशाख २०८१, मंगलबार

चाँगुनारायण नगरपालिकाको नीति तथा कार्यक्रम पारित


चाँगुनारायण नगरपालिका

भक्तपुर । चाँगुनारायण नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।

नगरपालिकाको नवौं नगरसभाको नगरप्रमुख सोमप्रसाद मिश्रले मङ्गलबार शुभारम्भ गरेपछि उपप्रमुख वीणा बास्तोलाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो ।

नगरपालिकाले कोभिड–१९, स्वास्थय, शिक्षा, कृषि एवं रोजगारउन्मुख नीति कार्यक्रम पेश गरेको छ । सबै नागरिकलाई कोरोना भाइरस सङ्क्रमणमुक्त बनाउन पर्याप्त औषधि, चिकित्सक, स्वास्थ्य सामग्रीलगायत आवश्यकको सबै थोकको व्यवस्थापन तथा परिचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै सङ्घीय सरकारसँग समन्वय गरी आगामी ६ महिना भित्र नगरवासीलाई खोप लगाइने, कोभिडबाट ज्यान गुमाएका परिवारलाई किरिया खर्चबापत आर्थिक सहयोग गर्ने व्यवस्था नीति तथा कार्यक्रममा रहेको उपप्रमुख बास्तोलाले बताउनुभयो ।

स्वास्थ्य सेवालाई चुस्त र गुणस्तरीय बनाउने, चाँगुनारायण अस्पताललाई भक्तपुर जिल्लाको अब्बल संस्थाको रुपमा विकास गर्न अस्पताल विकास समिति निर्माण गरी अघि बढाइने, गुणस्तरीय सेवाका साथै पाँच शय्याको एचडीयू, अल्ट्रासाउण्ड, इको, इसिजी, पीएफटी, अक्सिजन प्लान्टको व्यवस्था गर्ने, अस्पतालमा हरेक दिन फरक विषेशज्ञ सेवासहित आँखा, नाक, कान, घाँटी र बालविशेषज्ञ सेवा विस्तार गर्ने, आइसियु भेन्टिलेटरसहितको सुविधायुक्त एचडीयू शय्याको व्यवस्थापन गरिने नगरप्रमुख सोमप्रसादमिश्रले जानकारी दिनुभयो । त्यस्तै सबै वडामा आधारभूत स्वास्थ्य सेवामा थप सुविधा विस्तार गर्ने, नगरवासीलाई आवश्यकता अनुसार कोरोना भाइरस सङ्क्रमणको परीक्षण, लक्षण देखिएकालाई तत्काल उद्दार, आइसोलेसन तथा कन्टयाकमा आएकालाई टे«सिङ गर्ने, कोभिड नियन्त्रण कोषको गठन गरिने व्यवस्था नीति तथा कार्यक्रममा उल्लेख छ ।

चाँगु अस्पतालमा ज्येष्ठ नागरिक, गरिब र विपन्न नगवासीका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने, दलित, अपाङ्ग, सुत्केरी तथा गर्भवतीको उपचारमा ओपिडी टिकट निःशुल्क गर्ने, पाठेघर, स्तन क्यान्सर, मोतिबिन्दु बिरामीलाई निःशुल्क परीक्षण शिविर सञ्चालन गरिने व्यवस्था गरिने छ । आगामी वर्ष वडा नं.५, ६, ७, ८ र ९ लाई पायक पर्ने स्थानमा अर्को नयाँ सुविधा सम्पन्न नगर अस्पताल निर्माणका लागि डिपीआर बनाउने, नगरपालिकाभित्र कम्तिमा दुई वटा वडामा नयाँ स्वास्थ्य ल्याब स्थापना गर्ने, सबै नगरवासीमा स्वास्थ्य बीमाको पहुँच पुर्याउन ५० प्रतिशत अनुदान तथा असाहय, र विपन्न वर्गको पहिचान गरी निःशुल्क स्वास्थ्य बीमा गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै सामुदायिक स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई विस्तार गर्दै निःशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्ने, सरकारले तोकेको बाहेक मधुमेह, उच्च रक्तचाप, कोलष्ट्रोल र दमखोकीका औषधि नगरपालिकाले निःशुल्क वितरण गरिने व्यवस्था नीति तथा कार्यक्रममा छ ।

यसैगरी जटिल खालका आठ रोगको उपचारमा १०हजार आर्थिक सहयोग उपलब्ध गराउने, एक वडा एक योग ध्यान केन्द्र तथा एक व्यायामशालाको निर्माण गरिने, विद्यालयस्तरीय स्वास्थ्य तथा पोषण कार्यक्रम लागू गर्ने, प्रत्येक वडामा रहेका सामुदायिक विद्यालयमा स्वास्थ्य, शिक्षा तथा पोषण कार्यक्रम गरिने, प्रत्येक स्वास्थ्य संस्थामा निःशुल्क गर्भ जाँच गर्ने र घुम्ती अल्ट्रा सोनोग्राफी सेवा सञ्चालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।

यसैगरी शिक्षातर्फ प्राविधिक तथा व्यवसायिक शिक्षामा प्रोत्साहन गर्ने, उपप्रमुखसँग किशोरी शिक्षा कार्यक्रम सञ्चालन गर्ने, गरिब, विपन्न, असहाय, जेहेन्दार विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि मेयर छात्रवृत्ति कार्यक्रम लागू गरी प्रत्येक वर्ष नौ जनालाई इन्जिनियरिङमा छात्रवृत्ति तथा दुई जनालाई एमबिबिएस अध्ययन गर्ने शैक्षिक शुल्क पूर्ण रुपमा नगरपालिकाले व्यहोर्ने गरी छात्रवृत्ति प्रदान गरिने, सवै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट शिक्षण सिकाई गर्न प्रोत्साहन गरिने, स्थानीय पाठ्यक्रमलाई प्रभावकारीताका साथ कार्यान्वयनमा ल्याइने, विद्यालयस्तरीय मेयरकप फुटबल तथा भलिबल कार्यक्रम सञ्चालन गरिने, परीक्षाको नतिजाका आधारमा विद्यालयलाई पुरस्कृत गरिने नीति नगरपालिकको छ ।

त्यस्तै सामुदायिक सिकाई केन्द्रलाई सूचना प्रविधि मैत्री बनाइने, सामुदायिक विद्यालयमा नगरबस सञ्चालन गर्ने, एक माध्यमिक र एक आधारभूत विद्यालय छनौट गरी नमूना विद्यालय घोषणा गर्ने, सामुदायिक विद्यालयमा छात्रालाई निःशुल्क स्यानेटरी प्याड वितरण गरिने, दरबन्दी मिलान सम्पन्न गरिने छ । खेलकुदको विकासका लागि अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरिने, एक वडा एक खेलमैदान बनाइने, नगरस्तरीय राष्ट्रपति रनिङ्गशिल्ड तथा विद्यालयमा खेलकूद सप्ताह कार्यक्रम सञ्चालन गरिने, प्रत्येक वडामा ज्येष्ठ नागरिक मिलन चौतारी सञ्चालन गरिने नीति तथा कार्यक्रम ल्याइएको नगर प्रमुख मिश्रले जानकारी दिनुभयो ।

किसानलाई प्रविधिमा अनुदानको नीति लिँदै एक घर एक परिवार, फलफूल सदाबहार कार्यक्रम लागू गरिने, बाँझो जग्गा राख्न निधेष गर्दै त्यस्ता जग्गामा कृषि उत्पादनका लागि आह्वान गर्ने, उत्कृष्ट कृषकलाई पुरस्कृत गरिने, कृषि भण्डारण एवं प्रशोधन केन्द्र सञ्चालन गरिने र कृषिमा आधारित उद्योग सञ्चालनमा लगानी बढाइने नीति नगरपालिकाको छ ।

यसैगरी कृषि उत्पादनमा आत्मनिर्भर बनाउन एक घर एक करेसाबारी कार्यक्रममार्फत व्यवसायिक तरकारी खेतीका लागि कृषकलाई सहुलियत दिने, कृषि ऋण उपलब्ध गराउने, प्रविधिमा तथा प्राविधिक सहयोग उपलब्ध गराइने, खाद्य अधिकार सुरक्षा तथा कृषिमा आधारित रोजगार बढाइने, महिलालाई सामूहिक कृषि तथा पशुपालन व्यवसाय गर्न ब्याज अनुदानमा ऋणको व्यवस्था गर्ने, प्रत्येक वडामा कृषिउपज केन्द्र स्थापना गरिने, व्यावसायिक जडिबुटी खेती तथा बेमौसमी तरकारी खेतीका लागि टनेल खेती बिस्तार गरिने नीति नगरपालिकाले लिएको छ । नगरसभा १० गते सम्पन्न हुने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !