१२ बैशाख २०८१, बुधबार

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित


गण्डकी प्रदेश

पोखरा । गण्डकी प्रदेश सरकारको आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सरकारले प्रदेश प्रमुख सीता पौडेलमार्फत सोमबार नीति कार्यक्रम पेश गरेको थियो ।

प्रदेशसभामा आज अर्थमन्त्री समेत रहेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्तुत गरेको आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रदेश सभाको बहुमतबाट पारित भएको हो ।

मुख्यमन्त्री पोखरेलले सांसदहरुले उठाएको विभिन्न प्रश्नहरुको जवाफ दिएका थिए । सरकारले कोभिड-१९ सँगै स्वास्थ्य लक्षित कार्यक्रम ल्याएको छ । यस्तै, कृषि, पर्यटन, पूर्वाधार एवं रोजगारउन्मुख नीति कार्यक्रम पेश गरेको छ ।

नीति कार्यक्रममाथि आज मंगलबार बिहान १० बजेदेखि गण्डकी प्रदेशसभामा छलफल शुरु भएको थियो । मुख्यमन्त्रीले प्रदेशका नागरिकको जीवनरक्षा नै पहिलो प्राथमिकता रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !