१२ बैशाख २०८१, बुधबार

७ वटै प्रदेश सरकारको बजेट आज आउँदै


बजेट

काठमाडौँ । देशका ७ वटै प्रदेश सरकारहरुले आज आ-आफ्ना प्रदेशसभा समक्ष आगामी आर्थिक बर्ष २०७८/७९ को बजेट आज मंगलबार ल्याउँदैछन् । ७ वटै प्रदेशले करिब ३ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेका छन् ।

७ प्रदेशहरुमध्ये वाग्मती प्रदेशले सबैभन्दा ठूलो आकारको लगभग ५० अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ । सुदरपश्चिम प्रदेशले सबैभन्दा कम आकारको बजेट ल्याउने भएको छ ।

कोरोना महामारी नियन्त्रण, स्वास्थ्य पूर्वााधार विकास र आर्थिक पुनरुत्थानको कार्यक्रम बजेटको मुख्य प्राथमिकता रहेको प्रदेशहरुको नीति तथा कार्यक्रममा उल्लेख छ । यसबाहेक प्रदेशहरुको भूगोल तथा आ-आफ्नै विशेषता अनुरुपका मौलिक कार्यक्रमका लागि समेत बजेट विनियोजन गर्ने बताइएको छ ।

सातवटै प्रदेशहरुमध्ये ६ वटा प्रदेशका अर्थमन्त्रीले बार्षिक आय-व्यय प्रदेशसभामा प्रस्तुत गर्नेछन् भने गण्डकीका अर्थमन्त्री समेत रहेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट प्रदेशसभामा प्रस्तुत गर्ने कार्यक्रमन रहेको छ ।

प्रत्येक बर्ष असार १ गते सबै प्रदेशमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था अनुसार ७ वटै प्रदेशले आज आगामी आर्थिक बर्ष २०७८/७९ को बजेट ल्याउन लागेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु