११ बैशाख २०८१, मंगलबार

४.०१ प्रतिशत आर्थिक वृद्धिदर पुर्याउन मुस्किल : अर्थमन्त्री पौडेल


विष्णु पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदरको लक्ष्य पुर्याउन मुस्किल हुने बताएका छन् ।

आर्थिक सर्वेक्षण २०७७/७८ सार्वजनिक गर्दै उनले कोभिड-१९ ले अर्थतन्त्रमा सुस्ताएकोले केन्द्रीय तथ्याङ्क विभागले प्रस्तुत गरेको ४.०१ अंकको आर्थिक वृद्धि हासिल गर्न चुनौतिपुर्ण भएको बताएका हुन् ।

कोरोना महामारी र जारी निषेधाज्ञाका कारण आर्थिक वृद्धिदरको संशोधित लक्ष्य पनि पूरा हुन कठिन देखिएको हो । सरकारले चालु बर्ष आर्थिक बृद्धि लक्ष्य ७ प्रतिशत राखेको थियो ।

चालु आर्थिक वर्षमा लिइएको लक्ष्यमध्ये आर्थिक वृद्धिदरको लक्ष बाहेक अधिकांश परिसूचक सकारात्मक रहेको अर्थ मन्त्रालयले जनाएको छ । कोभिडको दोस्रो लहरका कारण केही हदसम्म अर्थतन्त्र शिथिल बनेपनि समग्र परिसूचक सकारात्मक देखिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !