१३ बैशाख २०८१, बिहिबार

तथ्यांक विभागको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ४.०१ प्रतिशत रहने


केन्द्रीय तथ्यांक विभाग

काठमाडौँ । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्ष २०७७/७८ मा नेपालको प्रारम्भिक आर्थिक वृद्धिदर ४.०१ प्रतिशत रहने अनुमान सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको वैशाख महिनासम्मको आर्थिक गतिविधिलाई अध्ययन गरेर विभागले यो प्रक्षेपण गरेको हो ।

कोरोना महामारीको दोस्रो लहरले आन्तरिक तथा बाह्य प्रभाव कति लामो समय रहन्छ भन्ने अनुमान गर्न कठिन भएकाले दुई सातापछि आर्थिक गतिविधि सामान्य अवस्थामा आउने विश्वासका आधारमा उक्त आर्थिक वृद्धिदर प्रक्षेपण गरिएको विभागले जनाएको छ ।

गत आर्थिक वर्ष २०७६/७७ मा पनि सरकारले जेठदेखि आर्थिक क्रियाकलाप पूर्ववत सामान्य अवस्थामा आउने अनुमानका आधारमा विभागले आर्थिक वृद्धिदर २.२७ प्रतिशत कायम हुने अनुमान गरेकोमा बन्दाबन्दी लम्बिएपछि उक्त गत आर्थिक वर्षमा अर्थतन्त्र २.१ प्रतिशतले संकुचन भएको विभागको संशोधित अनुमान छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !