५ अर्ब २० करोड बराबरको ट्रेजरी बिल भोलि सोमबार विक्री हुने Nepalpatra ५ अर्ब २० करोड बराबरको ट्रेजरी बिल भोलि सोमबार विक्री हुने
३० बैशाख २०७८, बिहिबार

५ अर्ब २० करोड बराबरको ट्रेजरी बिल भोलि सोमबार विक्री हुने


नेपाल राष्ट्र बैङ्क

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार ५ अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको छ ।

सूचना अनुसार रु २० करोड बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि विक्री गर्न लागिएको छ । सो बिल आगामी साउन ५ गते परिपक्व हुनेछ । यस्तै ५ अर्ब बराबरको ट्रेजरी बिल भने कूल १८२ दिनका लागि विक्री गरिने छ ।

सो बिल भने आगामी कात्तिक २ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले यसअघि गत चैत ३० गते २० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल विक्री गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !