१२ बैशाख २०८१, बुधबार

फेरी बढ्यो सुनको मुल्य, प्रतितोला कति ?


अवैध सुन बरामद

काठमाडौं । आज सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ हजार रुपैयाँले बढेर ८९ हजारमा कारोबार भएको छ ।

तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा खरिद विक्रि भएको महासंघले जनाएको छ । हिजो तेजाबी सुन प्रतितोला ८७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो । चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा खरिद विक्रि भएको छ । बुधबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !