१३ बैशाख २०८१, बिहिबार

यतिधेरै घट्यो सुनको मूल्य, प्रतितोला कति ?


अवैध सुन बरामद

काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा नै रु एक हजारले ओरालो लागेको छ । तोलामा रु ८७ हजार ५०० मा बुधबार कारोवार भएको छापावाला सुन आजका लागि भने रु ८६ हजार ५०० मूल्य निर्धारण भएको छ ।
त्यसैगरी बुधबार रु ८७ हजार ५० मा कारोवार भएको तेजाबी सुन आजका लागि भने तोलामा रु ८६ हजार ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । साथै बुधबार रु एक हजार ३१५ मा कारोवार भएको चाँदी आजका लागि भने तोलामा रु एक हजार २८५ मूल्य निर्धारण भएको महासङ्घले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !