एक महिना नबित्दै तीनपटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति ? Nepalpatra एक महिना नबित्दै तीनपटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति ?
९ बैशाख २०७८, बिहिबार

एक महिना नबित्दै तीनपटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति ?


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य सोमबार राति १२ बजेबाट लागू हुने बढाएको छ । निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढेको हो ।

डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ५ रुपैयाँले मूल्य बढाईको निगमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै हवाई इन्धन बाहृयतर्फको मूल्य पनि एक किलोलिटरमा २५ अमेरिकी डलरले वृद्धि गरिएको निगमले जनाएको छ ।

नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर ११६ रुपैयाँ र डिजेल तथा मटितेलको भाउ ९९ रुपैयाँ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फको प्रतिलिटर मूल्य ७२ रुपैयाँ पुर्याइएको छ । खाना पकाउने ग्यासको मूल्य यथावत छ । आन्तर्राष्ट्रिय उडानतर्फको प्रति किलोलिटर मूल्य अमेरिकी डलर ८९३ पुगेको निगमले जनाएको छ । निगमले यस अघि पनि एक हप्ता नबित्दै मूल्य बढाइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !