१३ बैशाख २०८१, बिहिबार

आइपीओकाे रिजल्ट अब तीन वेबसाइटबाट मात्रै हेर्न पाइने


आइपीओ

काठमाडौँ । नेपालमा अब प्राथमिक सेयर (आइपिओ) को नतिजा तीन वटा वेबसाइटबाट मात्रै हेर्न पाइने भएको छ । लगानीकर्ताले अब कुनैपनि कम्पनीकाे साधारण शेयर (आइपीओ) काे नतिजा मेरो शेयर, बिक्री प्रबन्धक र आइपीओ जारी गर्ने कम्पनीको वेबसाइटबाट मात्रै हेर्न पाउने भएका छन्।

यसअघिसम्म विभिन्न सञ्चार माध्यमलाई समेत आइपिओको नतिजा बाँडिँदै आएकोमा अब भने यस्तो कार्य बन्द गर्न निर्देशन दिइएको
केन्द्रिय निक्षेप प्रणाली सिडिएस एण्ड क्लियरिङ स्रोतले जानकारी दिएको हो ।

सिडिएससिले नेपाल धितोपत्र बोर्डको निर्देशनमा निजी अनलाईन मिडियाहरुलाई आइपीओ रिजल्ट वितरण नगर्न क्यापिटलहरु निर्देशन दिएको हो ।यसअघि निजी सञ्चार माध्यमहरुले समेत आइपीओको नतीजा प्रकाशन गर्ने गरेका थिए ।

शुक्रबार बाँडफाँड हुने महिला लघुवित्तको आइपीओ समेत निजी सञ्चार माध्यमलाई उपलब्ध नगराउन निर्देशन दिइएको सिडिएससिले जनाएको छ ।लगानीकर्ताको विवरण चुहावट भई दुरुपयोग हुन सक्ने संभावित जोखिमलाई न्यूनीकरण गर्न यसले मद्दत पुग्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !