१३ बैशाख २०८१, बिहिबार

सुनको मूल्य एक हजार ८०० ले ह्रास, प्रतितोला कति ?


सुन

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा आज प्रतितोला एक हजार ८०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको छ । सोमबार प्रतितोला ९४ हजार ३०० मा कारोबार भएको छापावाला सुन आज एक हजार ८०० ले ओरालो लागेको हो ।

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ८०० मा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्यसमेत ओरालो लागेको छ । सोमबार चाँदी प्रतितोला एक हजार २१० मा कारोबार भएकामा आज प्रतितोला ३० ले ओरालो लागेर एक हजार १८० मा कारोबार भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !