सुनको मूल्यमा ४०० ह्रास Nepalpatra
१९ मंसिर २०७७, शुक्रबार

सुनको मूल्यमा ४०० ह्रास


सुन

काठमाडौँ, ५ मङ्सिर । सुनको मूल्य आज पनि ओरालो लागेको छ । बिहीबारको तुलनामा आज पहेंलो धातुको मूल्य प्रतितोला ४०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजारमा कारोवार भएको छ । बिहीबार भने प्रतितोला ९४ हजार ४०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ५०० मा कारोवार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको थियो । यस्तै चाँदी आज प्रतितोला पाँचले घटेको छ । बिहीबार प्रतितोला एक हजार २१५ मा कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार २१० मा कारोवार भएको छ ।



प्रतिक्रिया दिनुहोस !